१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

तयारी नपुग्दा चक्रपथ विस्तारमा ढिलाइ

तयारी नपुग्दा चक्रपथ विस्तारमा ढिलाइ
अ अ+ अ-

काठमाडौँ । विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सकिएको छैन । त्यसैगरी महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा चक्रपथ विस्तार हुन नसकेको हो ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबीखोला पुलसम्म विस्तार गर्न दुई मुलुकबीच सबै प्रक्रिया पूरा भए पनि विस्तारका लागि नेपालतर्फको तयारी नसकिएकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको बताउनुभयो । सम्बद्ध अधिकारीहरूका अनुसार महाराजगञ्ज क्षेत्रमा घर भत्काउन र जग्गा अधिग्रहण कार्य दोस्रो चरणको चक्रपथ विस्तारको मुख्य समस्याका रूपमा देखिएको छ ।

चक्रपथको कलङ्कीदेखि महाराजगञ्ज हुुँदै धोबीखोला चाबहिल पुलसम्म विस्तार गर्न लागिएको हो । चक्रपथको यो खण्डको कुल लम्बाइ ११.६ किलोमिटर छ । कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८.२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ । गएको पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रमा सडक सीमाको दायाँबायाँ ३१÷३१ मिटर जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो ।
चक्रपथको सो खण्ड विस्तारका लागि चीन सरकारसँग सम्झौता भई सबै कानुनी प्रक्रिया पूरा भइसके पनि जग्गा अधिग्रहण तथा चक्रपथ क्षेत्रमा जडान गरिएका युटिलिटिज (प्रयोग)का सामग्रीको स्थानान्तरण हुन नसक्दा चक्रपथ विस्तार कार्य सुरु हुन सकेको छैन । सन् २०१८ को जुनसम्म चक्रपथको उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोल हटाउन सडक विभागसँग यसअघि नै लिखित आग्रह गरिसकेको छ ।

उहाँले भन्नुभयो, “चक्रपथ विस्तारका लागि चिनियाँ टोली नेपालको तयारी कुरेर बसेको छ, बिजुलीको पोल स्थानान्तरण, सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सम्पन्न हुनु तथा जग्गा अधिग्रहण कार्य पूरा भएको जानकारी हुनेबित्तिकै चिनियाँ टोली नेपाल आई काम सुरु गर्नेछन् ।” चक्रपथको ६२ मिटर ‘राइट अफ वे’ क्लियर नभएसम्म चिनियाँहरूले काम सुरु नगर्ने उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणि रिमालले चक्रपथको कलङ्कीदेखि धोबीखोलासम्म विस्तारका लागि अहिले सडकको ‘राइट अफ वे क्लियर’ गर्ने काम भइरहेको छ । बिजुलीको पोल स्थानान्तरण तथा जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाएको जनाइएको छ । बिजुलीको पोल स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरणलाई १० करोड रुपियाँ भुक्तानी भइसकेको जानकारी थापाले दिनुभयो ।

त्यसैगरी महाराजगञ्ज चोकका घरहरू हटाउने र नयाँ बसपार्क नजिकका आकाशे पुल भत्काउनुबाहेक चक्रपथ क्षेत्रमा परेका संरचना हटाउने काम भइसकेको छ । विस्तारको मुख्य समस्याका रूपमा रहेको महाराजगञ्ज चोकको वरिपरि २१७ मिटर क्षेत्रमा परेका जग्गा अधिग्रहण र घर भत्काउनु नै रहेको बताउँदै उहाँले त्यसका लागि मन्त्रिपरिषद्बाट निर्णय भई काठमाडौँ उपत्यका विकास प्राधिकरणमार्फत काम अगाडि बढाइसकेको जानकारी दिनुभयो । चक्रपथको ‘राइट अफ वे’ ६२ मिटर हुनुपर्नेमा महाराजगञ्जचोक क्षेत्रमा ३० मिटर मात्र छ । समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।