२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा बाढीले जम्बु बजार बगायो, १८ बेपत्ता, २ को मृत्यु



अ+ अ-

सिन्धुपाल्चोक । बाढीले १५ घर बगाउदा एक दर्जनभन्दा धेरै मनिस बाढीले बगाउँदा वेपत्ता भएका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँका घर बगाएका हुन् । 

स्थानीयका अनुसार बाह्रबिसको जम्बु बजारका १४ घरका १८ जना हराइरहेको र दुई जनाको शव फेला फेला परेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो । 

मेरो इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको छ, घर बगाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो । बाढीले डेढ दर्जन घरहरु र १५ जनाभन्दा धेरै बगाएको आशंका गरिएको छ, केहीको शव समेत फेला परेको र ड्याम साइटवाट माथि जान सक्ने अवस्था नरहेको स्थानीय पत्रकार दिनेश थापाले जानकारी दिनुभयो ।