१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

महानगरले अतिक्रमित जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने

महानगरले अतिक्रमित जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरवासीले अब हरियाली तथा खुला ठाउँको मज्जा लिन पाउने भएका छन् । महानगरले अतिक्रमित सार्वजनिक तथा ऐतिहासिक जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने भएपछि साँझबिहान हरियाली तथा खुला ठाउँमा बसेर मनोरञ्जन लिने स्थानीयवासीको रहर पूरा हुने भएको हो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमा पार्क निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुुभयो । प्रमुुख शाक्यले भन्नुभयो, “खुला तथा सार्वजनिक जग्गा संरक्षण तथा ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको सम्वद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेर हामी अगाडि बढेका छौँ ।”

“काठमाडौँ महानगर घना बस्तीले भरिएको सहर हो । त्यसैले महानगरवासीलाई खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अगाडि बढाएका हौँ”, उहाँले थप्नुभयो, “हरियाली बढाउनुका साथै भूमिगत पानी भण्डारणका लागि रिचार्ज काठमाडौँ अभियानलाई समेत प्राथमिकतामा राखेका छौँ ।”

महानगरले आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरेका योजनामा महानगर ज्येष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, ज्येष्ठ नागरिक आश्रम, शहीद पार्क, चेस पार्क, महानगर बाजेबज्यै पार्क, महिला मैत्री पार्कलगायत छन् । महानगरले ड्रिम परियोजनाका रूपमा अगाडि बढाएको मेगा हलमा पनि ६० प्रतिशत ठाउँमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । मेगा हल निर्माणका लागि भृकुटीमण्डपमा अहिले करिब २८ प्रतिशत मात्रै खुला स्थान रहेको काठमाडौँ महानगरको सहरी योजना आयोगले जानकारी दिएको छ ।

त्यसैगरी महानगरले आर्थिक वर्ष २०७६/७७ मा शहीद धर्मभक्त माथेमा पार्क, हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसर पार्क, टुँडालदेवी पार्क, टुसाल पार्क निर्माण सम्पन्न गरेको छ ।

वडा ३२ मा मदन भण्डारी पार्क, सुकेधारा कृष्ण गल्ली पार्क, बाँसबारी इको पार्क, टुँडालदेवी पार्क निर्माणमा पनि पहिलो चरणको काम सम्पन्न गरेको जनाइएको छ । महानगरले चालू आर्थिक वर्षमा २०७६/७७ मा न्ह्योखा पार्क, शान्ति नमुुना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बाग्मती नगर पार्क, कुमारी पार्क, रानीबारी पोर्पा अजिमा पार्क, लगं पार्क, कमलपोखरी पार्क लगायतको निर्माण सुरु गरिसकेको छ ।

महानगरले छिमेकी नगरपालिकासँग पनि नगर साझेदारी कार्यक्रमअन्तर्गत हरियाली प्रवद्र्धनमा जोड दिँदै आएको छ । काठमाडौँका १० वटा नगरपालिका तथा मध्यपुर थिमि नगरपालिकासँग सम्झौता गरी पार्क निर्माण कार्य अघि बढाइएको महानगरले जनाएको छ ।

प्रमुख शाक्यका अनुसार टोखा नगरपालिकामा बौडेश्वर बाल उद्यान, कीर्तिपुरमा युद्ध स्मारक पार्क, बूूढानीलकण्ठमा बूूढानीलकण्ठ पार्क, तारकेश्वर नगरपालिकामा तारकेश्वरधाम ऐतिहासिक पार्क, नागार्जुुनमा गणेशमान स्मृति पार्क, चन्द्रागिरिमा मदन भण्डारी पार्क लगायतका लागि प्रतिनगरपालिका एक करोड रुपियाँका दरले ११ करोड लगानी गरिसकेको छ ।