१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा जिप दुर्घटना, १ को मृत्यु, ३ जना घाइते



अ+ अ-

सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बुधबार साँझ  जिल्लाको फिक्कल गाउँपालिका ५ को ग्रामीण सडकमा  ना ४ च ५२८५ नं को जिप दुर्घटनामा भएको हो ।

सदरमुकाम सिन्धुलीमाढीबाट फिक्कलको डाँडाचौर जाँदै गरेको जिप दुर्घटनामा वडा नं ५ का ६५ वर्षीय धर्मध्वज सुनुवारको पचारका लागि खुर्कोट अस्पताल लैजादा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा वडा नं ५ कै घाइतेहरु गाडी चालक ४९ वर्षीय टोकनाथ पहाडी, ४३ वर्षीया भगवती पहाडी र १७ वर्षीय उज्वल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीले जानकारी दिए । ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।  रड र सिमेन्ट लिएर जाँदै गरेको जिप कर्फुस्थित ग्रामीण कच्ची सडकबाट करिब ५ सय मिटर खसेको थियो ।