२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार कुन कुन क्षेत्रमा हुदैछ बर्षा, यस्तो छ पूर्वानुमान



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । 

महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग हल्का देखि मध्यम वर्षा भईरहेको छ।

यस्तै दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ ।

साथै, प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका  एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।  

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ ।