काठमाडौं । सभापति रवि लामिछाने तत्काल थुनामै रहनुपर्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको छ ।
सर्वोच्च अदातलते लामिछानेलाई हिरासत मुक्त गर्न अस्वीकार गरेपछि पार्टीमा छलफल गर्न आज रास्वपाले सचिवालय र र केन्द्रीय समिति बैठक बोलाएको हो ।
आज दिउँसो ३ बजे सचिवालय र अपराह्न ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने छ । केन्द्रीय समितिको बैठक भोलि पनि बस्नेछ ।
बैठक दिउँसो आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
रूपन्देहीको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा लामिछाने रूपन्देही कारागारमा थुनामा छन् ।
उनलाई थुनामुक्त गरी मुद्दाको पुर्पक्ष गर्ने मागसहित परेको रिटमा सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै आदेश सदर गरेको छ ।










