१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

साढे तीन महिनापछि सार्वजनिक यातायात सञ्चालन

साढे तीन महिनापछि सार्वजनिक यातायात सञ्चालन
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि सार्वजनिक यातायात खुला गरेको छ । सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरे पनि लामो दुरीको सवारी चलाउन अनुमति दिएको छैन ।

सरकारका प्रवक्ता, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए । सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ । सिट क्षमता आधा मात्र प्रयोग हुने भएपछि भाडादर भने दोब्बर बढाइएको छ । अब सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ ।

सरकारका प्रवक्ता डा. खतिवडाले सिट क्षमताअनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको बताए । सार्वजनिक सवारी साधनको हकमा ५० प्रतिशत भाडा वृद्धि भए पनि ट्याक्सीको भाडा भने बढाइएको छैन । ट्याक्सीले बढी भाडा लिन नपाउने प्रवक्ता खतिवडाले जनाए ।

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्न पाइने नियम छ ।

यस्तै, एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ । सरकारले ट्याक्सीको हकमा चालकबाहेक दुई जनासम्म यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेको हो । एउटै परिवारका सदस्य भएको खण्डमा भने ५ वर्षमुनिका बालबालिकालाई राख्न दिइनेछ ।

ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चलाउन पाइने प्रवक्ता खतिवडाले जनाएका छन् । सरकारले गत १० चैत २०७६ का दिन निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लकडाउन घोषणा गरेको थियो । पटक पटक थप गर्दै ३२ जेठ २०७७ सम्म लकडाउन लम्ब्याएको थियो । पछिल्लो पटक भने जोर–बिजोर प्रणाली लागू गरेर निजी सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।