६ श्रावण २०८३, बुधबार
,
Latest
आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जताततै पहिराको जोखिम



अ+ अ-

सिन्धुलीमाढी । आकाशमा कालो बादल मडारिनासाथ आधीसाराका सबै स्थानीयको होश गुम हुने गरेको छ । गोलान्जोर गाउँपालिका–७, आधीसारामा पहिरोका कारण झन्डै एक दर्जन घर पहिरोको जोखिममा रहेको स्थानीय बासिन्दा बताउँछन् ।

वडाध्यक्ष सुवास देवकोटा आधीसारामा २०७२ सालको भूकम्पपछि गएको पहिरोका कारण पाँच घरलाई अन्यत्र सारेको र अझै एक दर्जन जति घर पहिरोकै जोखिममा रहेको बताउनुहुन्छ । उहाँले पहिलो त्यस्तो त्रासको अवस्था थिएन । बस्तीमाथि रहेको जङ्गल उनीहरूले नै मासे । भूकम्प आयो, जमिन हल्लिएपछि पहिरो जना सुरु ग¥यो भन्नुभयो ।

भएकाहरू मुसलधारे पानी पर्नासाथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको स्थानीय पाण्डव श्रेष्ठले बताउनुभयो । पहिरो एकातिरबाट झारेको छ, अर्कोतर्फ भूकम्पले पूरै धाँजा फाटेको छ, उहाँले भन्नुभयो, अन्त जाने ठाउँ नभएपछि रामनाम जपेर बस्नुको विकल्प नै के छ र? भएको थातथलोलाई एकै पटक छोडेर हिँड्ने अवस्था छैन । सरकारले जोखिम भएका स्थानमा विषेशज्ञ खटाएर स्थानीयलाई हट्न अथवा ढुक्क भएर बस्ने वातावरण बनाई दिनुपर्ने उहाँको तर्क छ ।

मरिण गाउँपालिकास्थित कात्तिके खलङ्गामा झन्डै एक किलोमिटर क्षेत्रमा भूकम्पले धाँजा फाटेको छ । डाँडामा धाँजा फाटेकाले पूरै बस्ती नै बग्ने हो कि भन्नेमा स्थानीय चिन्तित छन् । स्थानीय मानबहादुर सिञ्जालीको घरको बीच भागबाट धाँजा फाटेको छ ।

मरिण गाउँपालिकाका प्रमुख पानीराज बम्जन वर्षात्को मौसमसँगै पहिरोको जोखिम बढेको बताउनुहुनछ । उहाँले सम्भाव्यता अध्ययन नै नगरी जथाभावी खनिएका ट्र्याक सडक र वैज्ञानिक वनका नाममा भएको वन विनाशले पहिरोको जोखिम बढाएको छ भन्नुभयो । उहाँका अनुसार वडा नं. ३, ४ र ५ मा वैज्ञानिक वनका नाममा जथाभावी भएको फँडानीले अझ बढी भू–क्षय निम्त्याएको छ । वैज्ञानिक वनको सिद्धान्तअनुसार ८० वर्ष पूरा भएको रुख वन क्षेत्रबाट हटाउने भन्छ तर यहाँ त वन कार्यालय, स्थानीय सामुदायिक वन समितिका केही व्यक्ति र काठ व्यवसायीको मिलेमतोमा जथाभावी नै वन विनाश भएको छ ।

महाभारत उत्तरतर्फका दर्जनभन्दा बढी ठाउँ पहिरोको जोखिममा छन् । मझुवा, पुरानो झाँगाझोली, नेत्रकाली, बस्तीपुर, तामाजोर, कुशेश्वरदुम्जा, हरिहरपुरगढी, बाशेश्वर, भुवनेश्वरी, बितिजोर, डुड्भञ्ज्याङ, खाङसाङ, रत्नावती, पोखरी, कपिलाकोट लगायतका ठाउँ पहिरोको उच्च जोखिममा रहेको जिल्ला समन्वय समितिको तथ्याङ्कमा उल्लेख छ । समन्वय समितिका प्रमुख शङ्करराज बर्मा तिवारी पनि सिन्धुली जिल्ला पहाडी भू–भाग बढी भएको जिल्ला भएकोले हरेक वर्ष वर्षात्को मौसममा पहिरोको त्रास हुने गरेको बताउनुहुन्छ । उहाँले जेसीभी र स्काभेटरमार्फत ट्र्याक सडक खनिएकाले पहिरोको जोखिम बढेको हो भन्नुभयो ।

घ्याङलेख गयो पहिरोले नै सडक अवरुद्ध छ । फिक्कल गयो पहिरोले नै सडक अवरुद्ध छ, जताततै समस्या छ । कमलामाई नगरपालिकाको पनि ढुङ्ग्रेभञ्ज्याङ र केवरेको पहिरोका कारण सदरमुकाम सिन्धुलीमाढीसमेत खतरामा रहेको छ । २०४१ र २०५० सालमा आएको बाढी पसेको स्थानमा समेत बस्ती रहेकाले खतरा भएको हो । ठूलो पानी पर्नासाथ डराउनुपर्ने अवस्था छ, ढुङग्रेबास बजार निवासी सन्तोष दाहालले भन्नुभयो, ती पहिरो पुनः खसेर ठूलो बाढी आउन सक्छ, खोला किनारमा रहेका बस्तीलाई बेलैमा सार्नुपर्छ । समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।