१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

जताततै पहिराको जोखिम

जताततै पहिराको जोखिम
अ अ+ अ-

सिन्धुलीमाढी । आकाशमा कालो बादल मडारिनासाथ आधीसाराका सबै स्थानीयको होश गुम हुने गरेको छ । गोलान्जोर गाउँपालिका–७, आधीसारामा पहिरोका कारण झन्डै एक दर्जन घर पहिरोको जोखिममा रहेको स्थानीय बासिन्दा बताउँछन् ।

वडाध्यक्ष सुवास देवकोटा आधीसारामा २०७२ सालको भूकम्पपछि गएको पहिरोका कारण पाँच घरलाई अन्यत्र सारेको र अझै एक दर्जन जति घर पहिरोकै जोखिममा रहेको बताउनुहुन्छ । उहाँले पहिलो त्यस्तो त्रासको अवस्था थिएन । बस्तीमाथि रहेको जङ्गल उनीहरूले नै मासे । भूकम्प आयो, जमिन हल्लिएपछि पहिरो जना सुरु ग¥यो भन्नुभयो ।

भएकाहरू मुसलधारे पानी पर्नासाथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको स्थानीय पाण्डव श्रेष्ठले बताउनुभयो । पहिरो एकातिरबाट झारेको छ, अर्कोतर्फ भूकम्पले पूरै धाँजा फाटेको छ, उहाँले भन्नुभयो, अन्त जाने ठाउँ नभएपछि रामनाम जपेर बस्नुको विकल्प नै के छ र? भएको थातथलोलाई एकै पटक छोडेर हिँड्ने अवस्था छैन । सरकारले जोखिम भएका स्थानमा विषेशज्ञ खटाएर स्थानीयलाई हट्न अथवा ढुक्क भएर बस्ने वातावरण बनाई दिनुपर्ने उहाँको तर्क छ ।

मरिण गाउँपालिकास्थित कात्तिके खलङ्गामा झन्डै एक किलोमिटर क्षेत्रमा भूकम्पले धाँजा फाटेको छ । डाँडामा धाँजा फाटेकाले पूरै बस्ती नै बग्ने हो कि भन्नेमा स्थानीय चिन्तित छन् । स्थानीय मानबहादुर सिञ्जालीको घरको बीच भागबाट धाँजा फाटेको छ ।

मरिण गाउँपालिकाका प्रमुख पानीराज बम्जन वर्षात्को मौसमसँगै पहिरोको जोखिम बढेको बताउनुहुनछ । उहाँले सम्भाव्यता अध्ययन नै नगरी जथाभावी खनिएका ट्र्याक सडक र वैज्ञानिक वनका नाममा भएको वन विनाशले पहिरोको जोखिम बढाएको छ भन्नुभयो । उहाँका अनुसार वडा नं. ३, ४ र ५ मा वैज्ञानिक वनका नाममा जथाभावी भएको फँडानीले अझ बढी भू–क्षय निम्त्याएको छ । वैज्ञानिक वनको सिद्धान्तअनुसार ८० वर्ष पूरा भएको रुख वन क्षेत्रबाट हटाउने भन्छ तर यहाँ त वन कार्यालय, स्थानीय सामुदायिक वन समितिका केही व्यक्ति र काठ व्यवसायीको मिलेमतोमा जथाभावी नै वन विनाश भएको छ ।

महाभारत उत्तरतर्फका दर्जनभन्दा बढी ठाउँ पहिरोको जोखिममा छन् । मझुवा, पुरानो झाँगाझोली, नेत्रकाली, बस्तीपुर, तामाजोर, कुशेश्वरदुम्जा, हरिहरपुरगढी, बाशेश्वर, भुवनेश्वरी, बितिजोर, डुड्भञ्ज्याङ, खाङसाङ, रत्नावती, पोखरी, कपिलाकोट लगायतका ठाउँ पहिरोको उच्च जोखिममा रहेको जिल्ला समन्वय समितिको तथ्याङ्कमा उल्लेख छ । समन्वय समितिका प्रमुख शङ्करराज बर्मा तिवारी पनि सिन्धुली जिल्ला पहाडी भू–भाग बढी भएको जिल्ला भएकोले हरेक वर्ष वर्षात्को मौसममा पहिरोको त्रास हुने गरेको बताउनुहुन्छ । उहाँले जेसीभी र स्काभेटरमार्फत ट्र्याक सडक खनिएकाले पहिरोको जोखिम बढेको हो भन्नुभयो ।

घ्याङलेख गयो पहिरोले नै सडक अवरुद्ध छ । फिक्कल गयो पहिरोले नै सडक अवरुद्ध छ, जताततै समस्या छ । कमलामाई नगरपालिकाको पनि ढुङ्ग्रेभञ्ज्याङ र केवरेको पहिरोका कारण सदरमुकाम सिन्धुलीमाढीसमेत खतरामा रहेको छ । २०४१ र २०५० सालमा आएको बाढी पसेको स्थानमा समेत बस्ती रहेकाले खतरा भएको हो । ठूलो पानी पर्नासाथ डराउनुपर्ने अवस्था छ, ढुङग्रेबास बजार निवासी सन्तोष दाहालले भन्नुभयो, ती पहिरो पुनः खसेर ठूलो बाढी आउन सक्छ, खोला किनारमा रहेका बस्तीलाई बेलैमा सार्नुपर्छ । समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।