१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

एसईईको नतिजा नआउँदै कक्षा ११ को भर्ना !

एसईईको नतिजा नआउँदै कक्षा ११ को भर्ना !
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै अधिकांश निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया सुरु गरेका छन् । यस पटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने तयारी छ । नयाँ पाठ्यक्रममा असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले भने पुरानै संकायअनुसार विद्यार्थीको अनलाइन रजिस्ट्रेसनको प्रक्रिया अघि बढाएका छन् ।

पाठयक्रम विकास तथा मूल्यांकन परिषद्ले संकाय प्रणालीको अन्त्य गर्दै कक्षा ११ मा ६ विषयको पठनपाठन गराउने निर्णय गरिसकेको छ । कक्षा १ र ११ मा नयाँ पाठ्यक्रमबाट पठनपाठन गराउने निर्णय परिषद्ले गत माघ २ मै गरेको थियो ।

ठूला र नाम चलेका निजी विद्यालयहरुले नै प्रि–भर्ना र रजिस्ट्रेसनको अगुवाइ गरेका छन् । शिक्षा मन्त्रालयले भने विद्यार्थी भर्नामा रोक लगाएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० का पदाधिकारीहरु सञ्चालक रहेका विद्यालय नै विद्यार्थी भर्ना लिन तँछाडमछाड गरिरहेका छन् । उनीहरुको सिको गर्दै कक्षा ११ र १२ मा पठनपाठन गराउने अधिकांश शिक्षण संस्थाले भर्ना आह्वान गरेका हुन् । ‘एसईईको नतिजा आएकै छैन, भर्ना हुन आऊ भनेर अपिल गरिएको छ,’ एक अभिभावकले भने । विद्यालयहरुले भर्ना हुन आउन सार्वजनिक सूचना नै प्रकाशित गरेका छन् ।

हिसान अध्यक्ष रमेश सिलवाल प्रमुख रहेको गोल्डेन गेट इन्टरनेसनल कलेजले विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अनलाइन रजिस्ट्रेसन खुला गरेको छ । उपाध्यक्ष युवराज शर्माको हिमालयन ह्वाइटहाउस कलेजले पनि प्रि–रजिस्ट्रेसन आह्वान गरेको छ । विज्ञान, मानविकी, व्यवस्थापनसहित कानुन संकायमा भर्नाका लागि विद्यार्थीलाई सम्पर्कमा आउन भनिएको छ । महासचिव लोकबहादुर भण्डारी सञ्चालक रहेको जेभियर इन्टरनेसनल स्कुलले पनि यिनै संकायका लागि विद्यार्थी भर्ना खोलेको छ । काठमाडौंका अन्य दर्जनौं विद्यालयले पनि भर्ना आह्वान गरेका छन् । सेन्ट जेभियर, रातो बंगालालगायत विद्यालयले ए–लेभलको पठनपाठनका लागि अनलाइन रजिस्ट्रेसन गर्ने व्यवस्था मिलाएका छन् ।

चैत पहिलो सातादेखि ठप्प विद्यालय र क्याम्पस कहिलेदेखि खुल्ने अनिश्चित छ । तर विद्यालयहरुले भने अघिल्लो तहको परीक्षाफल नआउँदै नयाँ भर्नाका गतिविधि थालेका हुन् । एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार परीक्षार्थीका लागि विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय भएको छ । साउनको दोस्रो सातापछि मात्र नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

हिसानका उपाध्यक्ष शर्माले कक्षा ११ को तयारी गर्ने विद्यार्थीका लागि पूर्वतयारी स्वरूप प्रि–रजिस्ट्रेसन गराइएको प्रतिक्रिया दिए । धेरै विद्यार्थी काठमाडौं बाहिर छन् । लकडाउन कायमै रहे नतिजा प्रकाशित भएपछि पनि ती विद्यार्थी काठमाडौं नआउने निजी विद्यालय सञ्चालकहरुको विश्लेषण छ । विद्यार्थी तान्न र कोटा पूरा गर्न प्रि–भर्ना र रजिस्ट्रेसन आह्वान गरिएको हिसानका एक पदाधिकारीले बताए । ‘विद्यार्थी नभए स्कुल बन्द हुन्छन्, आफूले पढाउने विद्यार्थीको सिट सुरक्षित गर्न अहिलेदेखि हानथाप भएको हो,’ उनले भने । हिसानले यसपटक देखि नयाँ पाठ्यक्रम लागू नगर्नसमेत सरकारसँग लबिइङ गर्दै आएको छ । उनीहरुले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पाठ्यक्रम कार्यान्वयन नगर्न सुझावपत्रसमेत दिएका छन् ।

अहिले संकाय प्रणालीअनुसार कक्षा ११ र १२ मा पाँचवटा विषय मात्र पठनपाठन हुन्छ । नयाँ पाठ्यक्रममा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई अनिवार्य मानिएको छ । विद्यार्थीले तीन ऐच्छिक र तीन अनिवार्य विषय पढ्नुपर्ने हुन्छ । कोभिड–१९ को संक्रमणको बेला नयाँ पाठ्यक्रम कार्यान्वयनमा लैजानु फलदायी नहुने शर्माको तर्क छ । ‘पुरानै पाठ्यक्रमका आधारमा यसपालि पठनपाठन गरौं भनेर सुझाव दिएका छौं,’ शर्माले भने, ‘सरकारले निर्णय भइसकेको छ भनेर कार्यान्वयन नै गर्ने दिशामा अघि बढेको छ, यसबाट परिणाम राम्रो आउँदैन ।’

पाठ्यक्रम विकास केन्द्रका निर्देशक केशवप्रसाद दाहालले नयाँ पाठ्यक्रम लागू गर्न समय तालिकासमेत स्वीकृत भइसकेको जनाए । केन्द्रले अनिवार्य विषयका पाठ्यपुस्तक छपाइको कामसमेत सकिसकेको छ । ऐच्छिक विषयका पुस्तक लेख्न निजी पब्लिकेसनहरुलाई जिम्मा दिइएको छ । असार मसान्तसम्म पब्लिकेसन र लेखकहरुले किताब तयार पारेपछि स्वीकृत गरेर कार्यान्वयनमा जाने केन्द्रको तयारी छ ।

शिक्षा मन्त्रालयका एक उच्च अधिकारी भने निजी विद्यालय सञ्चालकहरु नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न दबाब दिने उद्देश्यअनुरूप यसअघिकै संकायअनुसारको भर्नामा जुटेको बताउँछन् । ‘एसईईको नतिजा नै आएको छैन, भर्ना गरेर शुल्क उठाउन हतार गरेका छन्,’ ती अधिकारीले भने, ‘संकाय प्रणालीबाट प्रि–रजिस्ट्रेसन गरे त्यहीअनुसार पढाउन पाइन्छ भन्ने दाउ हो ।’ शिक्षा मन्त्रालयका सचिव सञ्चय शर्माले हिसानसहित प्याब्सन, एनप्याब्सनलगायत निजी शिक्षण संस्थाका छाता संगठनलाई नयाँ भर्ना नलिन, शुल्क नउठाउन सूचना पठाइएको बताए । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।