३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीमा काम गर्ने मनसाय कम देखियो-सतिश कुमार सिंह



अ+ अ-

धनुषा। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशका कर्मचारीमा काम गर्ने मनसाय कम देखिएको बताउनुभएको छ ।

अर्थ मन्त्रालयको आयोजनामा आज जनकपुरधाममा राखिएको विनियोजन विधेयक २०८२ का लागि मस्यौदाको सुझाव सङ्कलन कार्यक्रममा मुख्यमन्त्री सिंहले पछिल्लो समयमा प्रदेशका हरेक मन्त्रालयमा कार्यरत कर्मचारी काम गर्ने मनसायमा कमै देखिएको बताउनुभयो ।

कर्मचारीको ढिलासुस्तीले प्रदेश सरकारको कामकारबाहीमा प्रश्न उठिरहेकाले यो आचरणलाई तत्काल सुधार गर्न उहाँले निर्देशनसमेत दिनुभयो । कार्यक्रममा सहभागी सचिवलाई मुख्यमन्त्री सिंहले भन्नुभयो, “यो प्रवृत्तिले प्रदेश सरकारको कार्यक्षमता माथि नै प्रश्न उठ्छ, त्यसकारण यसलाई तपाईंहरू सुधार गर्नुस् । उत्कृष्ट काम गर्ने कर्मचारीलाई मनोबल बढाउन पुरस्कार र लापरबाही गर्ने कर्मचारीको घटुवा हुने व्यवस्था गर्नुस्, तबमात्रै यो समस्या समाधान हुन्छ ।”

कार्यक्रममा सहभागी अर्थमन्त्री सुनील यादवले कार्यविधिले बजेट खर्च हुन नसकेको बताउनुभयो ।  रकमान्तर,  आयोजना तथा कार्यक्रमको संशोधन, एकमुष्ट विनियोजित बजेटको बाँडफाँट, नयाँ योजना तथा कार्यक्रम, बजेट निर्माण, कार्यविधि निर्माण गर्ने अधिकार, विगतको बक्यौता रकमसहितका १० वटा एजेन्डामाथि छलफल भएको थियो । सङ्घीय नीतिलाई मध्यनजर गरेर जान सचिवहरूको सुझाव थियो । रासस