१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोसीमा खतरा ! पश्चिमी तटबन्ध भत्किने जोखिम

कोसीमा खतरा ! पश्चिमी तटबन्ध भत्किने जोखिम
अ अ+ अ-

सप्तरी । पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाले उर्लिएको सप्तकोसीको भेल सुनसरी र सप्तरी आइपुग्दा पश्चिमी तटबन्धतर्फ सोझिएको छ । उर्लंदो भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेपछि सप्तरीका बस्तीहरूमा त्रास छ । बाँध मर्मतसम्भारको जिम्मा भारतीय कोसी योजनाअन्तर्गत छ । योजनाले बाँधको उचित मर्मतसम्भारमा ध्यान नदिएकाले कमजोर तटबन्ध भत्काएर कोसीको भेल पश्चिम पस्ने जोखिम बढेको कोसीपीडित समाज सप्तरीका अध्यक्ष देवनारायण यादवले बताए । ‘हामीले पटक–पटक भन्दै आएका छौं कि कोसीमा बालुवाको तटबन्ध निर्माण गरेर बचाउ गर्न सकिँदैन,’ उनले भने, ‘कोसी योजनाले तटबन्ध निर्माणमा लापरबाही गर्दा जोखिम बढ्यो । कोसीकै बालुवा खनेर पश्चिम तटबन्ध बनायो, अहिले त्यही कारणले डलुवाको १३ ठाउँमा सिपेज भएर कोसी फुट्ने खतरा बढेको हो ।’

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलुवामा नदीको भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेको उनले बताए । नेपाल हुँदै भारततर्फ बग्दै आएको सप्तकोसी नदीअन्तर्गत तटबन्धसहित सबै सुरक्षा तथा बचाउको काम कोसी सम्झौताअनुसार भारतको हो । नेपालले भारतीय प्राविधिक र बचाउ कामको सुरक्षा गर्ने सम्झौतामा उल्लेख छ । सन् १९६३ को अगस्टमा सप्तकोसीको बाँध डलुवामा फुटेपछि त्यहाँ नेपाल सरकारको अगुवाइमा भारतले करिब ५ किलोमिटर दूरी भएको अर्को तटबन्ध निर्माण गरेको थियो । अहिले फेरि कोसीका भारतीय अधिकारीको उदासीनताले उक्त रिङ बाँधलाई राम्ररी मर्मतसम्भार नगरेका कारण ५७ वर्षपछि पुनः सोही स्थानमा तटबन्ध भत्किने जोखिम बढेको छ । डलुवामा तटबन्ध भत्किए हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका झन्डै २५ हजार परिवारको उठिबास हुने जोखिम छ ।

यसअघि पछिल्लो सात वर्षदेखिको प्रयासमा गत वर्ष भारतले कोसीमा निर्माण गरेको पाइलट च्यानलले बहावको धार परिवर्तन भई पश्चिमी तटबन्धमा दबाब बढेको हो । बाढीको दबाबले शनिबार डलुवा क्षेत्रमा बाँधबाट सिपेज (रसाएको) भएको पानीले तीन वटा स्थानीय तहका ३ सय ६२ वटा घर जलमग्न भएका छन् । कोसीकै बाढीले तटीय क्षेत्रका हनुमाननगर कंकालिनी नगरपालिका २ सय ५० र तिलाठी कोइलाडी गाउँपालिकाका १ सय १२ घर जलमग्न भएका हुन् । ‘कोसी योजनाका प्राविधिकहरूको लापरबाहीले हाम्रो नगरपालिकालाई जोखिम भयो । सिपेजले जलमग्न बनाइसक्यो, बाँधै फुट्दा के झन् होला,’ हनुमाननगर कंकालिनी नगरप्रमुख शैलेश साहले भने, ‘बाँध सिपेज भइरहेको ठाउँमा तत्कालै मर्मतसम्भार गरेन भने सप्तरीका एक लाखभन्दा बढी जनसंख्या प्रभावित हुने निश्चित छ ।’

गोबरगाढा बस्ती दुई दिनदेखि जलमग्न छ । ‘अहिले वडाका बस्तीमा झन्डै दुई फिट पानी जमेको छ,’ शनिबार साँझ गोबरगाढाका वडाध्यक्ष विन्देश्वरी यादवले भने, ‘राति पानी बढ्यो भने हुने क्षति आकलनसमेत गर्न सक्दैनौं ।’ गोबरगाढामा ८० परिवारका २ सय जना फसेका छन् । मेयर साहले उनीहरूलाई उद्धार गर्ने तयारी गरिएको बताए । कान्तिपुर दैनिक