१९ माघ २०८१, शनिबार
,
Latest
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अझै दुई महिना बाढी पहिरोको समस्या’



अ+ अ-

काठमाडौं । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को प्रधानमन्त्री बालुवाटारमा शनिबार बसेको बैठकले उद्धार, राहत र पुनस्र्थापनालाई विशेष ध्यान दिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नेपालमा अझै दुई महिना बाढीपहिरोको समस्या रहने भन्दै पूर्वतयारीमा जुट्न सबै पक्षलाई निर्देशन दिएका छन् । परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्धार सामग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि निर्देशन दिएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले झरी सकिए पनि अझै दुई महिनासम्म बाढी र पहिरोले आक्रान्त पार्ने भन्दै यसका लागि जिल्ला र स्थानीय तहमा राहत तथा उद्धार सामग्री लगेर राख्न र छिटो पु¥याउन निर्देशन दिएको जानकारी दिए ।

अब नेपालमा बाढी तथा पहिरोबाट विस्थापितलाई विद्यालय तथा सार्वजनिक भवनमा राखिने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपस्थित विपद् व्यवस्थापन परिषद्को बैठकमा बाढी तथा पहिरोबाट विस्थापितहरुलाई उद्दार गरेर सार्वजनिक भवन र विद्यालयमा राख्ने विषयमा छलफल भएको हो । नेपालमा विगत केही दिनदेखिको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण धेरैभर ठूलो संख्यामा जनधनको क्षति भएको छ । मौसम्विद्ले अझै तीन दिनसम्म वर्षा हुने अनुमान गरिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार परिषद्को बैठक बसेको हो ।

छलफलमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता देउवालगायत विभिन्न मन्त्रालयका मन्त्री र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बाढी र पहिरोबाट ८ जिल्ला सबैभन्दा बढी प्रभावित भएको जनाएको छ । देशभर बाढी र पहिरोमा परेर शनिबार साँझसम्म दुई बढीको निधन भएको छ भने तीन दर्जन बढी बेपत्ता र सोही संख्यामा घाइते भएका छन् । बाढी र पहिरोका कारण देशका विभिन्न भागमा सडक अवरुद्ध हुन पुगेको छ । राजधानी दैनिक