१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

सलह पुनः आउने सम्भावना

सलह पुनः आउने सम्भावना
अ अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ ।
असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र देखिएकामा अर्को झुन्ड आउने सम्भावना पनि बढ्दै गएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा। हरिबहादुर केसीले बताए । उनले भने, “सुरुमा आएको सलह आफैँ हराउँदै गएको छ, कतैकतै एक÷दुईवटा देखिन्छ । त्यसले खासै धेरै कुनै नोक्सानी पनि गरेको छैन तर भारतबाट अर्को झुन्ड आउने सम्भावना देखिएको छ । ” भारतका पटना, दरभङ्गा, वनारसलगायतका क्षेत्रमा देखिएको सलह कुनै पनि बेला नेपाल छिर्नसक्ने उनले बताए ।

भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपास करिब १५० हेक्टर क्षेत्रफलमा सलहका दुईवटा झुन्ड देखिएका छन् । यी झुन्डहरू हावाको बहावसँगै भारतको पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभङ्गाको आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको बताइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले भारतको राजस्थानका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा रहेका सलहका झुन्ड दक्षिण पश्चिमी वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढिरहेको र त्यो झुन्ड नेपाल छिर्नसक्ने सम्भावना पनि बढ्दै गइरहेको बताए ।

पानी परेका बेला तथा रातिको समयमा सलहले ठाउँ स्थानान्तरण गर्न नसक्ने भए तापनि ती झुन्ड धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रमा एक/दुई दिन तथा सुदूरपश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट एवं प्रदेश ५ का दक्षिण–पश्चिमका भूभागबाट दुई÷तीन दिनमा प्रवेश गर्नसक्ने सम्भावना रहेकाले त्यसको निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारी समेत गर्न गराउन केन्द्रले आग्रह गरेको छ । पानी निरन्तर पर्यो भने सहलले नेपाल प्रवेश गर्न नसक्ने तर पानी बन्द भयो र अहिलेको जस्तो हावाको चाप रह्यो भने नेपाल प्रवेश गर्ने निकै ठूलो सम्भावना रहने केन्द्रका प्रमुख हुमागाईंले बताए। गोरखापत्र दैनिक