१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

असारमा ९६ अर्ब राजस्व

असारमा ९६ अर्ब राजस्व
अ अ+ अ-

काठमाडौं । राजस्व असारमा ह्वात्तै बढेको छ। करिब तीन महिना लामो बन्दाबन्दीमा करदाताले नतिरेको कर एकैपटक तिरेपछि राजस्व संकलन बढेको हो। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असारको तुलनामा यो असारमा राजस्व संकलन उल्लेख्य वृद्धि भएको छ। गत आवको असार १ देखि २७ गतेसम्म ६४ अर्ब ९१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। तर, यो आवको सोही अवधिमा ९६ अर्ब ५ करोड रुपैयाँ संकलन भएको छ।

आर्थिक वर्ष सकिन तीन दिन बाँकी छ। २७ गतेसम्मको राजस्व संकलनको अवस्था हेर्दा यो आवमा पोहोरकै हाराहारीमा राजस्व उठ्ने अनुमान गरिएको छ। समग्रमा चालु आवको असार २७ सम्म ७ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। पोहोर सोही अवधिमा ७ खर्ब ९३ अर्ब २६ करोड रुपैयाँ उठेको थियो। यसपालि राजस्व संकलन पोहोरको तुलनामा ४ अर्ब ७१ करोड रुपैयाँ मात्रै कम छ। पोहोरको कुल राजस्व संकलन ८ खर्ब ३९ अर्ब ६६ करोड रुपैयाँ थियो। यसबाट राजस्व संकलन पोहोरकै हाराहारी पुग्ने देखिएको छ।

शनिबारसम्म संकलन भएको राजस्वमध्ये ८६ अर्ब ७२ करोड रुपैयाँ स्थानीय तह र प्रदेशमा बाँडफाँट हुन्छ। यसअघि बन्दाबन्दी लम्बिँदै जाने तर करदातालाई कर तिराउन दबाब दिएको भन्दै सरकारको चर्को आलोचना भएको थियो। खासगरी आन्तरिक राजस्व विभागले कर नतिरेमा जरिवाना लगाउने जस्तो ‘धम्कीपूर्ण’ पत्र पठाएको भन्दै करदाता आक्रोशित भए। अर्थ मन्त्रालयको निर्देशनमा विभागले पुनः कर तिर्ने म्याद थपिएको सूचना नै सार्वजनिक गर्नुपर्यो। तर यो विषय अदालतसम्म पुग्यो। अदालतले बन्दाबन्दी नखुलेसम्म कर तिर्न दबाब नदिन आदेश जारी गरेपछि सरकारलाई अप्ठेरो पर्यो।

थर्काएर कर उठाउने नीतिले अप्ठेरोमा परेको अर्थ मन्त्रालयले करदातालाई फकाउन थाल्यो। ठूला व्यवसायी र उद्योगीलाई राजस्व सचिव आफै फोन गर्दै कर तिर्न अनुरोध गरिरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ।

आयकर र गैरकर दोब्बर

असारमा मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, आयकर र गैरकर राजस्वमा ठूलो वृद्धि भएको छ। आयकर र गैरकर राजस्वमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। पोहोरको असार १ देखि २७ गतेसम्ममा १० अर्ब ६४ करोड रुपैयाँ मात्रै आयकर संकलन भएको थियो। तर, यसपालि २४ अर्ब ५९ करोड रुपैयाँ आयकर संकलन भएको छ।

सरकारले बन्दाबन्दी घोषणा गरेलगत्तै फागुनयताको अन्तिम किस्ता बुझाउन समय थपेको थियो। तीन महिनापछि एकमुष्ट आयकर संकलन हुँदा असारमा बढी देखिएको हो। अन्तःशुल्क र मूल्य अभिवृद्धि कर समेत बन्दाबन्दीको अवधिमा संकलन भएको थिएन। त्यसैले असारमा धमाधम कर चुक्ता भइरहेको छ।

आन्तरिक राजस्व उल्लेख्य

असार १ देखि २७ सम्म आन्तरिक राजस्व विभागले संकलन गर्ने राजस्व पोहोरको सोही अवधिको तुलनामा झन्डै दोब्बर बढी छ। पोहोर यस अवधिमा २५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागले यसपालि ४८ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

साउनदेखि असार २७ सम्ममा पनि विभागले ठूलै राजस्व संकलन गरेको छ। पोहोर यसअवधिमा ३ खर्ब २५ अर्ब संकलन गरेकोमा यसपटक ३ खर्ब ५१ अर्ब रुपैयाँ छ।

भन्सार राजस्व प्रभावित

भन्सार राजस्व भने यो वर्ष खासै सुधार हुन सकेन। चालु आवको सुरुदेखि नै भन्सार महसुल कम संकलन हुँदै आएकोमा बन्दाबन्दी सुरु भएपछि झनै प्राभवित बन्यो। भन्सार महसुल पोहोरको तुलनामा कम छ। साउनदेखि असार २७ सम्म एक खर्ब ३३ अर्ब रुपैयाँ मात्रै भन्सार महसुल उठेको छ। पोहोर सोही अवधिमा एक खर्ब ५२ अर्ब रुपैयाँ थियो। बढी मात्रामा विदेशी मुद्रा बाहिरिएको भन्दै सरकारले गाडीको आयातसँगै अन्य वस्तुमा समेत कडाइ गर्दा भन्सार महसुल प्रभावित भएको छ।

विभागबाट संकलन भएको राजस्व पनि पोहोरको तुलनामा कम छ। पोहोर ३ खर्ब ५० अर्ब रुपैयाँ संकलन गरेको विभागले यसपालि दुई खर्ब ९१ अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ। अन्नपुर्णपोष्ट दैनिक