१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा, ७० जना व्यवसायी पर्यटन क्षेत्रबाट विस्थापित

पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा, ७० जना व्यवसायी पर्यटन क्षेत्रबाट विस्थापित
अ अ+ अ-

पोखरा । कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ । पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा परेका छन् ।
बन्दाबन्दी खुल्ने र पर्यटक आउने यकिन नभएपछि भाडा मात्र तिरेर बस्न सक्ने अवस्थामा पनि नरहेका पर्यटन व्यवसायी व्यवसाय छाड्न थालेका छन् । पोखराको लेकसाइडमा होटल व्यवसाय गर्दै आएका ७० जना व्यवसायी पर्यटन क्षेत्रबाट विस्थापित भइसकेका छन् भने करिब एक सयको हाराहारीमा होटल व्यवसायीले व्यवसाय बन्दको घोषणा गरेका छन् । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनका अनुसार पोखरामा मात्र बन्दाबन्दीका कारण ७० भन्दा बढी साना होटल व्यवसायीले व्यवसाय छाडिसकेका छन् । पोखरामा सानाठूला गरेर सात सय होटल छन् । २५० वटा होटल घरधनी आफैँले चलाएका छन् । जसमा एक खर्ब २५ अर्ब लगानी छ ।

पोखराका होटल व्यवसायमा पछिल्लो समयमा थुप्रै बैङ्कले पनि लगानी गरे । तुलाचनका अनुसार ७० देखि ८० अर्ब रुपियाँ बैङ्कको लगानी छ । लेक साइडमा ४० हजारदेखि मासिक १२ लाख रुपियाँसम्म भाडा तिर्ने होटल व्यवसायी छन् । समस्या समाधानका लागि दीर्घकालीन नीतिगत संरक्षण गर्न सरकारसँग माग गरेको अध्यक्ष तुलाचनले बताए । विद्युत् छुट पनि उत्पादन क्षेत्रलाई मात्र दिइयो हामीलाई दिइएन, उनले भने । करिब चार महिनादेखि जारी बन्दाबन्दीका कारण भाडामा व्यवसाय सञ्चालन गरेका र बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरू बढी मारमा परेको तुलाचनले बताए । पर्यटन क्षेत्रलाई माथि उकास्न र नेपाल आउने बाह्य पर्यटकको सङ्ख्या बढाउने भन्दै सङ्घ र प्रदेश सरकारले घोषणा गरेका विभिन्न भ्रमण वर्षलाई लक्षित गर्दै व्यवसायीले लगानी थप गरेका थिए । भविष्य देखेर धेरै नयाँ व्यवसायी यस क्षेत्रमा प्रवेश गर्दै लगानी गरेका थिए ।

यता बैङ्कहरूले पनि लगानी गरेको रकम माग्न ताकेता गर्न सुरु गरेका छन् तर मेगा बैङ्कका गण्डकी प्रमुख कमल कँडेलले परिस्थिति बुझेर समस्यामा परेका व्यवसायीलाई सावाँ ब्याज बुझाउन खासै ताकेता नगरेको बताए । उनले भने, हामीले लगानी गरेकालाई ताकेता गरेका छैनौँ तर रकम बुझाउनेलाई २ प्रतिशत छुट दिएका छौँ । व्यवसाय ठप्प हुँदा घरभाडा र बैङ्कको किस्ता तिर्न नसकेपछि पलायन हुने व्यवसायीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । भाडामा व्यवसाय गरेका व्यवसायीले घरधनीलाई लाखौँ रुपियाँ पेस्कीसमेत दिएका छन् । पोखराको पर्यटन क्षेत्रमा करिब २० हजारको हाराहारीमा प्रत्यक्ष र करिब पाँच हजारले अप्रत्यक्ष रोजगारी पाएको बताइएको छ । पर्यटन क्षेत्र र व्यवसाय ठप्प हुँदा उनीहरूमध्ये लगभग सबैको रोजगारी गुमेको छ । लेकसाइडको गौरीघाटस्थित प्यासिफिक गेस्ट हाउसका सञ्चालक रामप्रसाद भट्टराईले होटल व्यवसाय छाडेर आफ्ना सामान नजिकैको होटलमा दुई कोठामा सारे ।

उनले होटल भएको घर मर्मत सम्भार गरिदिएर घरधनीलाई तालाचाबी बुझाइसकेको बताए । मासिक भाडा एक लाख ४० हजार रुपियाँ तिर्नुपर्छ, कमाइ नभएपछि भाडा तिर्न नसकेर बाध्यताले होटल छोड्नु पर्यो, रामप्रसादले भने। उनले होटल चलाउन सुरुमा सात लाख रुपियाँ लगानी गर्नुभएको थियो भने होटलको घरधनीलाई छुट्टै ४० लाख रुपियाँ पेस्की बुझाएका थिउ । घरबेटीले फिर्ता गरिदिनुपर्ने एडभान्स रकम एक वर्षपछि मात्र फिर्ता पाउनु हुनेछ ।

द प्यारामाउन्ट होटलका सञ्चालक मोतीराम पौडेलले पनि व्यवसाय बन्द गरी पोखरा–३१, वेगनास घरमा गई बसेको बताए । उनले भने, होटल घरबेटीसँग भाडा छुटमा कुरा मिलेन, उनले छुट दिने नदिने वा कति दिने केही नभनेपछि कमाइ भएन, भाडा तिर्न सकिएन । होटलमा ३० लाख रुपियाँ लगानी गरी मासिक ७८ हजार रुपियाँ भाडा तिर्दै आएका पौडेलले घरबेटीले भाडा छुटमा थोरै पनि सहमति नदेखाएपछि आफूले छोड्न बाध्य भएको जानकारी दिए । गोरखापत्र दैनिक