२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनदेखि क्लिन फिड लागू गर्न चार स‌ंस्थाको ज्ञापन



अ+ अ-

काठमाडौँ । आगामी कात्तिक ८ देखि विदेशी च्यानलमा लाग्ने भनिएको क्लिन फिड साउन १ देखि लागू गर्न माग गर्दै चारवटा संघसंस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।भारतीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतलाई जोडेर प्रसारण गरेको सामग्रीको सन्दर्भ दिँदै ती संघसंस्थाले मन्त्रालयमा आइतबार ज्ञापनपत्र बुझाएका हुन् ।

‘यस्ता दुष्प्रचारयुक्त सामग्रीले दुई देशबीचको मित्रवत् सम्बन्धमा र सदियौंदेखि दुई देशका जनताबीच रहेको आपसी सद्भावमा प्रतिकूल प्रभाव पार्न सक्ने परिस्थिति पनि सिर्जना हुँदै गएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसलाई धेरै हदसम्म रोक्नका लागि पनि आगामी कात्तिक ८ देखि लागू हुने भनिएको क्लिन फिड नीतिलाई नयाँ आर्थिक वर्ष अर्थात् साउन १ देखि नै लागू गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने हामी सबैको ठहर छ ।’

ज्ञापनमा केबल, डीटीएच, इन्टरनेट, सामाजिक सञ्जाल, युट्युबलागत सबै डिजिटल प्लेटफर्ममा पनि क्लिन फिड हुनुपर्ने माग गरिएको छ । ‘विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेको आयात निरुत्साहित गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्त्वपूर्ण कदम पनि हो,’ ज्ञापनमा भनिएको छ ।

०७३ साउन ७ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा वितरित विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो । सरकारले केही महिनाअघि जारी गरेको विज्ञापन ऐनमा आगामी कात्तिक ८ देखि नेपालमा प्रसारण हुने विदेशी टीभी च्यानल क्लिन फिड हुनुपर्ने व्यवस्था छ । कान्तिपुर दैनिक