काठमाडौं । अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही फ्रान्समा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी भएका छन् ।
रेडकार्पेटमा प्रदीप कालो सुट, कालो चस्मा र लामो कपालमा देखिएका छन् । निर्देशक शाही कालो पाइन्ट र रातो कोटमा प्रस्तुत छन् ।
सोमबार बिहान आयोजित फ्रान्सेली फिल्म ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’ (रिचेस्ट वुमन इन द वर्ल्ड) को प्रिमियरमा उनीहरू सहभागी भएका हुन् ।












