१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीको भाउ पाँच गुणासम्म महँगो



अ+ अ-

काठमाडौँ । कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको छ । गोलभेँडा मात्रै होइन हरेक तरकारीको भाउ यसैगरी महँगो भएको छ । यसको प्रत्यक्ष मारमा आमसर्वसाधारण उपभोक्ता परेका छन् ।
तरकारीका खुद्रा व्यापारीले सार्वजानिक सवारीसाधन नचलेको बहाना बनाउँदै मनलाग्दी भाउमा तरकारी बिक्री गर्न थालेपछि यसको मारमा उपभोक्ता परेका हुन् । त्यसो त कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको यस अवधिको तुलनामा अहिले हरेक तरकारीको भाउ सस्तो भएको छ तर खुद्रा बजारमा तरकारी छोइनसक्नु छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले थोक बजारमा अघिल्ला वर्षहरूको तुलनामा अधिकांश तरकारीको भाउ सस्तो भएको दाबी गरे। उनका अनुसार बजारमा दैनिक साढे पाँच सय टन मात्रै तरकारी आउँदा पनि माग कम भएर होला थोक बजारमा भाउ सस्तो छ । कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले थोक बजारमा तीन/चार वर्षयताकै तुलनामा अहिले तरकारी भाउ सस्तो भएको दाबी गरे । उनले बन्दाबन्दीका कारण बजारमा तरकारी कम आपूर्ति हुँदासमेत खरिद मूल्य पाउन गाह्रो भएको बताए । अघिल्लो वर्ष असार २९ गते गोलभेँडा प्रतिकेजी भाउ ६४ रुपियाँ थोकमा किनबेच भएकामा अहिले १२ रुपियाँमा कारोबार भइरहेको छ । यस्तै बन्दा प्रतिकेजी ४० रुपियाँ भएकामा अहिले १८ रुपियाँ मात्रै छ । घिउसिमी १३५ रुपियाँ भएकामा अहिले ४० रुपियाँ छ भने बोडी ९८ रुपियाँ थोक मूल्य भएकामा अहिले ३३ रुपियाँ छ ।

यो वर्ष थोक बजारमा तरकारीको भाउ सस्तो भए पनि खुद्रा बजारमा भने छोइनसक्नु छ । थोकमा १८ रुपियाँ प्रतिकेजीको बन्दा ७० रुपियाँ, ३८ रुपियाँको मूला ८० रुपियाँ, ३० रुपियाँको स्थानीय काँक्रो ८० रुपियाँ, ३३ रुपियाँको तने बोडी ८० रुपियाँ, २५ रुपियाँको तीतेकरेला ८० रुपियाँ खुद्रामा किनबेच भइरहेको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले बजारमा सरकारीका अनुगमन तथा नियमनकारी निकायको उपस्थिति नहुँदा तरकारी मात्रै होइन अतिआवश्यकीय खाद्यवस्तुको भाउमा पनि कालोबजारी भएको बताए ।

व्यापारीले हरेक सामानको भाउ मनोमानी तरिकाले वृद्धि गरिरहँदासमेत सरकार रमिते बस्दा आमउपभोक्ताले सरकार भएको महसुस गर्न नपाएको उनको भनाइ छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक सागर मिश्रले तरकारी मात्रै होइन अहिले बजारमा महँगी भएको भनेर कुनै पनि गुनासो नआएको बताए । गोरखापत्र दैनिक