५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

साँगामा स्कुल टु ओलम्पिक कार्यक्रम

साँगामा स्कुल टु ओलम्पिक कार्यक्रम
अ+ अ-

काठमाडौँ। नेपाल ओलम्पियन्स संघको स्कुल टु ओलम्पिक कार्यक्रम यो वर्ष पनि सुरु भएको छ। झन्डै ४ वर्ष अघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो ।

संघले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा ओलम्पियन र अन्य अन्तराष्ट्रिय खेलाडीको उपस्थितिमा शुक्रवार स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको थियो।

ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र भलिबलकी राष्ट्रिय खेलाडी उषा भण्डारीले आफ्नो खेल यात्राका बारेमा पुलिस स्कुलका विद्यार्थीसँग अनुभव साटेका थिए।

सोही पुलिस स्कुलमा समेत अध्ययन गरेका प्रिन्स आफ्नो बुवाको प्रभावबाट ब्याडमिन्टन खेल्न सुरु गरेको बताए। उनले पुलिस स्कुलमा हुँदा ब्याडमिन्टन खेलेको दिनको पनि स्मरण गरे। उषाले बुवाको करले भलिबल सुरु गरेपनि पनि पछि यसैमा रमाउन थालेको बताइन् । उनले खेलले पढाईमा असर गर्ने भएपनि त्यसलाई व्यवस्थापन गर्ने सके दुबैलाई सँगसँगै लान सकिने बताइन् ।

मनिताले होस्टेलमा बस्ने क्रममा विस्तारै जुडो खेलमा आकर्षित भएको र आफ्नो गुरुको सपना पूरा गर्ने क्रममा ओलम्पिकसम्म पुगेको बताइन् ।
सन्तोषीले १२ वर्षको उमेरबाट खेल्न सुरु गरेको स्मरण गर्दै पीडा सहन सक्ने क्षमतापछि मात्र सफलता मिल्न सक्ने बताइन् । पुलिस स्कुलका विद्यार्थीले पढाइ र खेललाई कसरीसँगै लान सकिन्छ भन्ने प्रश्नमा सन्तोषीले भनिन्, ’समय अनुसार खेल र अध्ययनलाई प्राथमिकतामा राखेर तयारी गर्नु उपयुक्त हुन्छ।’

विभिन्न खेलमा प्रशिक्षण गरिरहेका आफ्ना विद्यार्थीलाई पुलिसले कार्यक्रममा सहभागी गरेको थियो। उनीहरुले उत्साहित हुँदै खेलाडीहरुलाई प्रश्न राखेका थिए। स्कुलका कराते, तेक्वान्दो,जुडो र जिम्न्यास्टिकका खेलाडीले डेमोस्ट्रेसन र नृत्य प्रस्तुत गरेका थिए।

सो अवसरमा ओलम्पियन्स संघका अध्यक्ष दिपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, सचिव देवु थापा, स्कुलका इन्चार्ज, प्रिन्सिपलको उपस्थिति थियो।

सोहि अवसरमा संघले विभिन्न खेलका खेल सामग्री पनि स्कुलका प्रिन्सिपललाई हस्तान्तरण गरेको थियो। सर्भिस टु सोसाइटी , सर्भिस टु ओलम्पियन’ भन्ने नाराका साथ २०७८ को चैतमा सुर्खेतबाट सुरु भएको स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका विभिन्न जिल्लाका १६ ठाउँमा आयोजना भइसकेको छ। पुलिस स्कुलमा पनि स्कुल ओलम्पिक आयोजना भएको यो दोस्रो पटक हो ।