६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शव स्वदेश ल्याउन नाका खोलिँदै



अ+ अ-

भारतको झुलाघाटमा मृत अवस्थामा फेला परेका बैतडीका बालकको शव नेपाल ल्याउनका लागि झुलाघाट नाका खोलिने भएको छ । चमेलिया नदीमा बगेर बेपत्ता भएका डिलाशैनी गाउँपालिका–६ चौसेराका ९ वर्षीय बालक रुपेश नाथ बेलुका ७ बजेतिर महाकाली नदीपारि झुुलाघाटमा फेला परेका थिए ।

मृतक बालकको शव ल्याउनका लागि नेपाल–भारत सीमानाका खोलिने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । मृतक बालकको शव परीक्षण भारतमै गरिने र त्यसपश्चात नेपाल ल्याइने भएको हो । उनले भने– ‘मृतकका २ जना परिवारका सदस्यलाई पारि पठाउन भनेको र सनाखतपश्चात शव ल्याइनेछ ।’

शव नेपाल ल्याउनका लागि झुलाघाट नाका खोल्ने भनेर दुई देशका स्थानीय प्रशासनबीच सहमति भइसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । नेपाल समाचारपत्र दैनिक