२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सरकारसंग प्रभु साहको प्रशन, ‘बजेटमा तराई मधेससंग किन विभेद ?’

सरकारसंग प्रभु साहको प्रशन, ‘बजेटमा तराई मधेससंग किन विभेद ?’
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ‘नेपालको बजेट नेताहरुको निजि सम्पति हो की नेपाली जनताको साझा सम्पती हो ?’ भन्ने प्रश्न उठाएका छन् । सरकारले बजेट वितरण गर्दा तराई मधेससंग विभेद किन गरेको भन्दै उनले प्रश्न समेत उठाएका छन् ।

प्रतिनिधिसभाको आज (शुक्रबार) बसेको बैठकमा आगामी आर्थिक बर्ष २०८२÷८३का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक)को छलफलमा आजपा अध्यक्ष साहले बजेटको वितरण समान रुपमा सबै प्रदेश, क्षेत्र एवं पालिकामा नभएको बताए । हरेक आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने एवं मानव विकाश सूचांकमा पछाडी परेको तराई मधेसमा सरकारले बजेट वितरण गर्दा विभेदपूर्ण तरिकाले गरेको उनले बताए ।

‘नेपालको बजेट नेताहरुको निजि सम्पती हो की नेपाली जनताको साझा सम्पती हो ? यदी नेपाली जनताको साझा सम्पती हो भने यसको समान वितरण हुनुपर्छ । तर आज हामी विडम्बना हेरिरहेका छौं । जसको हात उही जगन्नाथ, नेताहरुको क्षेत्रमा मालामाल, आम नागरिक बेहाल,’ आजपा अध्यक्ष साहले भने, ‘आज १८ खर्ब बजेटको बिनियोज हेर्ने हो भने, नेपालमा १६५ निर्वाचन क्षेत्र छ । १८ खर्बलाई १६५ले भाग गर्ने हो भने झण्डै ११ अर्ब पर्छ । म सांसदहरुलाई भन्न चाहन्छु, के तपाईको निर्वाचन क्षेत्रमा ११ अर्बको बजेट छ ?’

उनले १६५ वटा संसदीय क्षेत्र, प्रदेश, पालिका, वडाहरुमा समान बजेटको वितरण सरकारले नगरेको तथ्यांक पेश गर्दै यस्तो किन भएको भन्दै प्रश्न उठाएका छन् । आफ्नो क्षेत्र, पालिकामा समान बजेट नजाँदा किन मौन बसेको भन्दै अर्को प्रश्न उठाए ।

उनले भने, ‘नेपालमा ६ हजार सात सय ४३ वटा वडाहरु छ । १८ खर्बलाई ६ हजार सात सय ४३ ले भागा गर्नुहुन्छ भने एउटा वडामा झण्डै साढे २६ करोड रुपैया पर्छ । म नेपाली जनतालाई भन्न चाहन्छु के तपाईको वडामा केन्द्र सरकारको बजेट २६ करोड छ ?’

आजपा अध्यक्ष साहले नेपालमा सात सय ५३ वटा पालिका रहेको बताउदै १८ खर्बलाई सात सय ५३ ले भागा गर्ने हो भने एउटा पालिकामा २ सय ४९ करोड पर्ने बताए । यदी एक बर्षमा यसरी बिनियोजन बजेट पालिकामा जाने हो भने नेपालमा विकासको प्रवाह कसैले रोक्न नसक्ने उनले बताए । तर एउटा वडा जहाँ २६ करोडको बजेट पुग्दैन तर मन्त्रीजीको वडामा २६ अर्बको बजेट गईरहेको उनले बताए । त्यसैले बजेटको समान वितरण हुनुपर्ने अर्थमन्त्री विष्णु पौडेलको विशेष ध्यानाकर्षण साहले गराएका छन् ।

अर्थमन्त्री पौडेललाई आजपा अध्यक्ष साहले भने,‘तपाईको पालामा बजेटको समान वितरण सुरु गर्नुस् । कम्तिमा पुँजीगत पैसा यसको समान वितरण होस् भन्ने दुनियाले हेरोस् । तपाई कहाँ खर्च गर्दैहुनुहुन्छ भन्ने आजको आईटीको युगमा दुनियाले हेरोस् । आजको दिनमा घरमा बसेर पनि मान्छेले आफ्नो हकअधिकार बुझ्न सक्छ । त्यस हिसाबले अबको डिजिटल युगमा मनपरी काम रोक्नुस् भन्ने म विशेष आग्रह गर्न चाहन्छु ।’

नेपालको हरेक आन्दोलन एवं परिवर्तनमा मधेसको अग्रणी स्थान रहेको उनले बताए । प्रत्येक आन्दोलन तराई मधेसबाटै उठान भएको र त्यसमा तराई मधेसको विशेष र अग्रणी योग्दान रहेको स्मरण आजपा अध्यक्ष साहले गरे । त्यही आन्दोलनको बलमा नेताहरु संसद भवनमा आएको विभिन्न तन्त्रको अभ्यास गरिरहेको बताउदै उनले त्यही तराई मधेस किन विभेदमा परयो भन्ने उनले प्रश्न गरे ।

‘नेपालको हरेक परिवर्तनमा तराई मधेसको विशेष भुमिका छ, अग्रणी स्थान रहेको छ । तर त्यही तराई मधेससंग किन विभेद गरिएको छ । तराई मधेसले तपाईहरुको के विगारेको छ ? हिजोका दिनमा देशको समृद्ध क्षेत्र आज मानव विकास सूचांकमा किन पछाडी छ ? हिजोको दिनमा दुई तिहाई आर्थिक योगदान गर्ने क्षेत्र सबैभन्दा पाछाडी हुँदा त्यहाँको शासन सत्ता चलाउनेहरुलाई लाज लाग्नुपर्ने हो । जो प्रकृतिले दिएको छ उ पछाडी हुनु स्वभाविक छ, तर तराई मधेस प्रकृतिले पछाडी दिएको होईन् । जसले तराई मधेसलाई प्रयोग गरेर शासन व्यवस्थामा आयो उसैले उसंग गद्धारी गर्यो, धोखा दिएको कारण आज पछाडी छ । नेपालमा समृद्ध क्षेत्र, आकर्षित क्षेत्र आज हरेक क्षेत्रमा मावन विकास सूचांकमा पछाडी हुनु यसको जिम्मेवारी कसले लिने भन्ने म प्रश्न गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।

शासन व्यवस्था सञ्चालन गर्नेहरुंग प्रश्न गर्दै उनले भने, ‘जो अगाडी थियो त्यसलाई कसरी पछाडी पार्नुभयो ? मधेस पछाडी परेको जिम्मेवारी कसले लिने ?’

तराई मधेस मानव विकास सूचांकमा पछाडी पारिएको, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा पछाडी पार्ने काम शासन व्यवस्थामा हुनेले गरेको उनले बताए ।

‘हाम्रा महान नेतालाई सोध्ने की नसोध्ने, हिजो अगाडी रहेको क्षेत्र कसरी पछाडी पर्यो ? जिम्मेवारी कसले लिने ? आज काठमाडौंमा १० जना १५ जनामा एउटा टिचर पर्छ तर तराई मधेसमा एक सय डेढ सयमा एउटा टिचर पर्छ । के बच्चाहरु प्रति यस्तो विभेद गर्न मिल्छ ? देशको कर्णधार प्रति तपाईले विभेद गर्ने ? दरबन्दीको समस्या होईन, तपाईको कुशासन, नियतको समस्या छ यहाँ । गुणस्तरीय शिक्षा सबैलाई चाहिदैन् ? यदी चाहिन्छ भने मधेस प्रति यो विभेद किन ? हिजो पहाडका मान्छेहरु औषधी उपचार गर्न तराई झर्थे, शिक्षा लिन तराई झर्थे, रोजीरोटीका लागि तराई जान्थ्यो ।

तराई देशको एउटा समृद्ध ठाउँ थियो । तर हेर्दाहेर्दै तपाईहरुले यसरी पछाडी पार्नुभयो की यसलाई क्षतिपुर्ति दिने कर्तव्य तपाईहरुको हो की होईन् । पछाडी परेकालाई अगाडी ल्याउने तपाईहरुको फर्ज बन्छ की बन्दैन् । यदी थोरै पनि लाजलेहाज छ भने, तपाईले पछाडी पारेको क्षेत्रमा विशेष बजेट बिनियोज गर्नुस् ।’

यस्तै उनले अन्याय भए मान्छेहरु न्यायलयमा जाने गरेको भए पनि अहिले न्यायलय क्षेत्रमै मनपरी भईरहेको उनले बताए । तर अदालतमा महिला, मधेस, आदीवासी जनजाती, दलित लगायतको सहभागिता नभएकाले न्यायाधीश नियुक्तिमा यि क्षेत्र र समुदायको नियुक्ति हुनुपर्नेमा सरकारको उनले ध्यानाकर्षण गराए ।