११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

सगरमाथा संवाद पूर्ण सत्र: जलवायु सङ्कट समाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड

सगरमाथा संवाद पूर्ण सत्र: जलवायु सङ्कट समाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड
अ अ+ अ-

काठमाडौँ । आजदेखि सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादमा सरोकारवाला विज्ञहरुले अन्तरराष्ट्रिय जलवायु सङ्कट समाधानमा सामूहिक प्रतिबद्धतामा जोड दिनुभएको छ । संवादको पूर्ण सत्रमा बोल्दै उहाँहरुले जलवायुजन्य सङ्कट सामनाका लागि सबैको सहकार्य र अन्तरराष्ट्रिय जलवायु प्रतिबद्धता जरुरी रहेकामा जोड दिनुभएको हो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुका कारण हिमाली परिदृश्य रुपान्तरण हुन लागेको उल्लेख गर्दै हिमनदीहरू पग्लिँदै गएको, परिस्थितिकीय प्रणाली बदलिँदै गएको र परम्परागत जीवनशैलीहरू उल्टिँदै गएकाले सामाधानका लागि सामूहिक प्रतिबद्धतामा जोड दिनुभयो ।

नेपालका लागि इजिप्टका राजदूत नोहा हम्दी अहमद इल्गेबालीले जलवायु अनुकूलनका लागि स्थानीय जलवायु वित्त, जलको पुनःभरण र जैविक विविधताको संरक्षण, जलवायु कृषि अनुकूलन जस्ता जलवायु अनुकूलन राष्ट्रिय रणनीतिमा समावेश गर्न आवश्यक रहेको बताउनुभयो ।

“सन् २०२२ मा कोप–२७ आयोजना गर्ने गौरव इजिप्टलाई प्राप्त भयो । कोप २७ मा विश्वव्यापी जलवायु प्रक्रिया इतिहासमा एक महत्वपूर्ण उपलब्धि थियो । यसले विश्व दक्षिणका आवाजलाई अगाडि ल्यायो र अनुकूलन तथा जलवायु न्यायलाई कार्यसूचीको केन्द्रमा राख्यो,” उहाँले भन्नभयो, “जलवायु हानि–नोक्सानी कोष पनि कोप २७ मा नै स्थापना हुने निर्णय भएको थियो ।”

कार्यक्रममा बङ्गलादेशको समाज कल्याण मन्त्रालय तथा महिला तथा बालबालिका मामिला मन्त्रालयका, सल्लाहकार, शर्मिन सोनिया मुर्शिद, भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री, जेम छेरिङ, संयुक्त अधिराज्य संसदीय उप–सचिव (लड्र्स मन्त्री) बारोनेस सुसान हाइम्यान, संयुक्त अरब इमिरेट्सको ऊर्जा तथा दिगो विकास मामिलाका लागि सहायक परराष्ट्रमन्त्री, अब्दुल्ला बालालाले धारणा राख्नुभएको थियो ।

त्यसैगरी, जापानका परराष्ट्र मामिलाका लागि संसदीय उपमन्त्री इकुइना आकिको, भारतका अतिरिक्त सचिव (सहायकमन्त्री) अमनदीप गर्ग, जलवायु परिवर्तन मामिलाका लागि विशेषदूत तथा उपमन्त्री, परराष्ट्र मन्त्रालय, कतारका बदर ओमर अल दफाले धारणा व्यक्त गर्नुभयो ।

पाँचवर्षे कार्ययोजनाको कार्यान्वयनका लागि राष्ट्रपति विशेष प्रतिनिधि, किर्गिस्तान गणराज्यको दिनारा केमेलोभा, ब्राजिलबाट नेपालका लागि राजदूत कार्लोस अल्बेर्टो मिकाएलसेन डेन हार्टोग, ओमानका राजदूत इस्सा बिन सालेह अल शिवानी, नेपालका लागि, पाकिस्तानका राजदूत अबरार एच। हश्मीले पूर्ण सत्रलाई सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै, क्षेत्रीय तथा अन्तरराष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरुमध्ये संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव तथा एसक्यापकी कार्यकारी सचिव आर्मिदा साल्सियाह अलिस्जाहबाना, विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजर, एसियाली विकास बैङ्क उपाध्यक्ष, फातिमा यास्मिन, सार्क महासचिव राजदूत मोहम्मद गोलाम सरवारले सत्रमा भाग लिनुभएको थियो । बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डे, आइसिमोडका महानिर्देशक पेमा ग्यात्सोले पनि मन्तव्य राख्नुभएको थियो ।

पूर्ण सत्रमा अन्तरराष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिएको र यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्नुभएको थियो । संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय सङ्गठनलाई यस सत्रमा बोल्ने अवसर प्रदान गरिएको थियो । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सत्रको अध्यक्षता गर्नुभएको थियो ।