२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा धेरै मानिस भोकमरीमा छन्: ट्रम्प



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेका प्यालेस्टिनी इलाकामा मानिसहरू भोकमरीमा रहेको बताउनुभएको छ । उहाँले शुक्रबार पत्रकारहरूलाई संयुक्त राज्य अमेरिकाले गाजाको अवस्थालाई ‘ख्याल राख्ने’ बताउनुभयो ।

“हामी गाजालाई हेरिरहेका छौँ र हामी यसको ख्याल राख्ने छौँ । धेरै मानिस भोकमरीमा छन्”, उहाँले पत्रकारहरूलाई भन्नुभयो ।

ट्रम्पको यो छोटो टिप्पणी खाडी देशहरूको बहु–दिवसीय भ्रमणको अन्तिम चरण समापन गर्दा आएको हो ।

इजरायलले गाजामा दुई महिनाभन्दा बढी समयदेखि नाकाबन्दी लगाएको छ । नाकाबन्दीले संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र अन्य मानवीय समूहहरूले २४ लाख प्यालेस्टिनीको क्षेत्रमा इन्धन र औषधि आपूर्ति सङ्कुचित हुने चेतावनी दिएका छन् ।

यसले गाजा पट्टीमा मानवीय सङ्कट रहेको कुरा पनि बारम्बार अस्वीकार गरेको छ ।

अमेरिका र इजरायल समर्थित योजनाको व्यापक आलोचना भएपछि साथै गाजा क्षेत्रमा मानवीय स्थितिप्रति चिन्ता व्यक्त गरेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजामा सहायता ल्याउन कुनै पनि नयाँ विचारका लागि खुलापन व्यक्त गरेको एक दिनपछि ट्रम्पको टिप्पणी आएको हो ।