१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

मेलम्चीको मुख्य गेट फुट्यो, बगेर इन्जिनियर र चालक बेपत्ता, साइट इन्जिनियर र सबहेल्पर घाइते

मेलम्चीको मुख्य गेट फुट्यो, बगेर इन्जिनियर र चालक बेपत्ता, साइट इन्जिनियर र सबहेल्पर घाइते
अ अ+ अ-

काठमाडौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी नआउँदै मुख्य सुरुङ (२६ किमि) मार्गभित्रको गेट मंगलबार एक्कासि फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् । साइट इन्जिनियरसहित दुई गम्भीर घाइते छन् । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको गेट नम्बर १७ फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा घटना भएको हो । आयोजनाका प्राविधिकका अनुसार मुख्य सुरुङबाट गेट फुटेर फर्किएको पानी बीचको गेट बल्बसमेत टुटाएर मुख्य सुरुङसँगै बीचमा जोडिने सहायक अडिटबाट निस्किएको थियो ।

गेट नम्बर १७ र गेट बल्बमा समस्या देखिएपछि दुई इन्जिनियरसहित हेल्पर र प्राविधिक सुरुङभित्र बुझ्न जाँदै थिए । ‘त्यही क्रममा उनीहरूलाई बीचैबाट बगायो, गेट नम्बर १७ मा सुरुदेखि नै समस्या थियो,’ एक प्राविधिकले भने । उनका अनुसार आयोजनाको ग्याल्थुम, सिन्धुदेखि अम्बाथानसम्म ३ वटा अडिट मार्ग पानी र बालुवा थिग्य्राएर फाल्नका लागि बनाइएका छन् । ‘मान्छे र सवारी छिर्ने सुरुङबाट एक्कासि बाढी आउनुका साथै बीचमा अडिटसँग जोडिएको गेट बल्बको नट वा गेट कुनै कारणले खुस्किएको हुन सक्छ,’ ती प्राविधिकले भने । अचेल आयोजनामा ‘रिभिनिङ पार्ट’ र गेट नम्बर १७ लाई पूर्वतयारी राख्नेदेखि अन्य संरचनालगायतका काम हुँदै आएको थियो । मुख्य टनेललाई ‘फिलिङ’ गर्दै लगेर अन्य काम अगाडि बढाइएको थियो । सुन्दरीजलसम्म पानी लैजानका लागि महत्त्वपूर्ण मानिने मुख्य सुरुङको मेन गेट (गेट नम्बर १७) लाई बलियोसँग लगाउनका लागि ३ साता लाग्ने आयोजनाले जानकारी दिएको थियो ।

साताअघि मुख्य सुरुङको गेट नम्बर १७ सम्म पानी पुर्‍याएपछि मुहानस्थलमा कर्मचारी उत्साहसाथ खटिरहेका थिए । मंगलबार दिउँसो करिब १२ बजेतिर सुरुङबाट ‘ड्याम्म’ आवाज आयो । त्यतिखेर सुन्दरीजल जोड्ने सुरुङमार्गको ‘जिरो जेनेज’ देखि ८ सय मिटरसम्म पानी भर्खरै पठाइएको थियो । मुख्य अडिट गेटसम्म पठाइएको सबै पानी एक्कासि फर्किएपछि सबैतिर खैलाबैला मच्चिन थाल्यो । सुरुङभित्र निरीक्षण गर्न गएको टोली चढेको रातो रङको बा१झ १७६४ नम्बरको स्कारपियो बग्यो । बाढीमा परेका साइट इन्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामालाई घाइते अवस्थामा उद्धार गरियो । सुरक्षाकर्मी र स्थानीयले इन्जिनियर खनाल र सबहेल्पर लामालाई बग्दाबग्दै उद्धार गरेका थिए । प्राथमिक उपचारपछि उनीहरूलाई श्री एयरलाइन्सको हेलिकप्टरबाट थप उपचारार्थ काठमाडौं लगियो । बगेर बेपत्ता हुनेमा आयोजनाका इन्जिनियर सतिश गोहित र सवारी चालक राधाकृष्ण थापा मगर छन् ।

सुरुङस्थलभित्रको सम्पूर्ण संरचनादेखि ‘अडिट गेट’ अर्थात् गेट नम्बर १७ सुरक्षित भनिए पनि कसरी फुट्यो भन्नेबारे कारण फेला पार्न नसकेको आयोजनाका इन्जिनियर शिवकुमार शर्माले बताए । ‘अहिले मुख्य सुरुङभित्रको संरचना पूरै क्षतविक्षत हुन पुगेकाले हामी कोही जान सक्ने अवस्थामा छैनौं, फिल्डमा नपुगी कसरी घटना भयो, के आधारमा भन्न सक्छौं र ?’ उनले कान्तिपुरसँग भने । जाँचबुझका लागि मन्त्रालयले प्राविधिक टोली गठन गरेकाले छिट्टै ‘प्राविधिक तथ्य’ खुल्ने आशा उनले व्यक्त गरे ।

आयोजना प्रमुख त्रिरेशप्रसाद खत्रीसँग बुझ्न खोज्दा उनको ९८५११२६२४५ नम्बर अफ थियो । आयोजनास्थलमा कार्यरत केही प्राविधिकको अनुमानअनुसार गेट नम्बर १७ मा आवश्यकभन्दा बढी चाप हुने गरी पानी पठाइएकाले बालुवा थिग्य्राउने गेट फुटेर सुरुङतर्फ नै पानी फर्किएको हो । सुरुङभित्रको गेटसम्म पुगेर वेगसँग फर्किएको बाढीले ‘मुख्य अडिट गेट’ देखि ‘हेडवर्क्स’ स्थललगायत वरिपरिको अधिकांश संरचना ध्वस्त बनाएको छ । ‘घण्टैपिच्छे पानीको प्रेसर मापन गर्न गइरहन्थ्यौं, यस्तो घटना होलाजस्तो कुनै संकेत थिएन, अन्य प्राविधिक कुरा हामीलाई थाहा भएन,’ आयोजनामा कार्यरत कामदार कृष्ण तामाङले भने ।

गेटमा बम पड्केजस्तो आवाज आयो

–शेखर खनाल, साइट इन्जिनियर (घाइते)

हामी चार जना १२.१० बजे गेट नम्बर १७ को प्रेसर गज रिडिङ गर्न गएका थियौं । गेटको ढोका लगाइएको थियो । अडिट गरेर १७ नम्बर गेटबाट फर्कंदाखेरि बम पड्केजस्तो आवाज आयो । पानीको भेलले हामीलाई २५० मिटर जति बगायो । पानी पनि खाएकाले केहीछिन अप्ठ्यारो भयो । हामी दुई जना हस्पिटलमा छौं । अरू दुई जना साथी बेपत्ता हुनुहुन्छ । पानीको प्रेसर बढेर नै फुटेको हो जस्तो लाग्छ । ढोका झन्डै ३/४ टनको थियो । म यहाँ काम गर्न थालेको दुई वर्षजति भयो । फुट्लाजस्तो कुनै सम्भावना देखिएको थिएन । कुनैखाले घटना पनि भएको थिएन । मेरो हात र घुँडामा मुख्य चोट लाग्यो । हामीलाई उद्धारलगत्तै मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरियो र त्यसपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

बस्ती बगाउने त्रास

आयोजनामा जोखिमपूर्ण घटना भएलगत्तै पुगेका हेलम्बु–१ का मिङ्मार ह्योल्मो एकदमै त्रासमा देखिए । ‘यस्तो कमजोर गेट र ड्यामले हाम्रो बस्ती बगाउने डर देखियो, हामीले गुहार्न कहाँ जाने ?,’ उनले भने । आयोजनाभन्दा केही पर र माथि एक दर्जन ह्योल्मो, शेर्पा परिवारको बस्ती छ । घटनापछि स्थानीय डराएका छन् । स्थानीय जनप्रतिनिधि आक्रोशित छन् । ‘मेलम्ची खानेपानी आयोजनाले जनप्रतिनिधिलाई खबरसमेत नगरी मुख्य सुरुङ परीक्षण गर्यो, अहिले यस्तो घटना भयो,’ हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘आयोजनाका बेपत्ता र घाइतेप्रति सहानुभूति छ । तर यो घटनाले कुनै पनि बेला बस्तीसमेत ध्वस्त हुन सक्छ भन्ने संकेत गरेको छ, यो ठूलो प्राविधिक कमजोरी हो ।’ सरकारले गम्भीरतापूर्वक निरीक्षण गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘एक साता नटिक्ने मुख्य सुरुङको गेटले कसरी मेलम्चीको पानीलाई राजधानी पुर्याउँछ ?’ कान्तिपुर दैनिक