२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका दुई अध्यक्षबीच आज निर्णायक वार्ता हुने



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिवादले उग्र रुप लिइरहेको बेला आज दुई अध्यक्षबीच निर्णायक बार्ता हुने भएको छ । हिजो दुई अध्यक्षबीच बार्ता हुने भनिएपनि प्रधानमन्त्री समेत रहनु भएका कार्यकारी अध्यक्ष केपी ओली दिनभरको दौडधुपले थाकेको बताएपछि बालुवाटार पुग्नु भएका पुष्पकमल दाहाल (प्रचण्ड) बिना बार्ता फिर्ता हुनुभएको थियो ।

आज दुबै अध्यक्षबीच आज हुने बार्ता निर्णायक हुने र दुवै अध्यक्षले सहमतिपत्रमा हस्ताक्षर गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

पार्टी फुटको संघारमा पुगेको बेला दोस्रो पुस्ताका नेताहरुले शीर्ष नेताहरुलाई दवाव दिएपछि पार्टी भित्रको बिवाद हाललाई केही हद सम्म समाधान भएको छ ।

सचिवालय र स्थायी समितिका बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिन ओलीलाई दवाव दिएपछि पार्टी फुटको संघारमा पुगेको थियो । नेपाल समाचारपत्र दैनिक