जुम्ला। जुम्लामा भ्यान दुर्घटना हुँदा चालकसहित दुई जना गम्भीर घाइते भएका छन्। बुधबार दिउँसो करिब २ बजेतिर कर्णाली राजमार्गअन्तर्गत तिला गाउँपालिका-१ गाडगोडेनी भन्ने स्थानमा दुर्घटना भएको हो।
नाग्मा बजारबाट जुम्ला बजारतर्फ आउँदै गरेको क १ ज ३७ नम्बरको भ्यान अचानक अनियन्त्रित भई सडकबाट करिब २ मिटर तल तिला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीले जानकारी दिए।
दुर्घटनामा जुम्लाको तातोपानी गाउँपालिका-५ लाम्राका अन्दाजी २० वर्षीय चालक दिनेश नेपाली र हिमा गाउँपालिका-६ पाथरखोला निवासी ५५ वर्षीय धनराज अधिकारी गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।










