४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलिमर नोट छपाईमा भ्रष्टाचारः आरोपित पूर्वगर्भनर रावलसहित सबैलाई सफाई



अ+ अ-

पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको आरोप लागेका पूर्वगर्भनर डा. तिलक रावलसहित प्रतिवादी सबैलाई विशेष अदालतले मंगलबार सफाई दिएको छ ।

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्धय बालेन्द्र रुपाखेती तथा शान्ति सिंह थापाको इजलास प्रतिवादी तीनै जनालाई सफाई दिएको हो ।

१० रुपियाँको पोलिमर नोट छपाई गर्दा करोडौं रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. रावलसहित तीन जनालाई प्रतिवादी बनाई २०७५ साल पुष ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले अख्तियारको दावी नपुग्ने उल्लेख गर्दै सबैलाई सफाई दिएको हो ।