काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी)को रकम बढाएको छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच जुन ११ देखि १५ सम्म लर्ड्समा खेलिनेछ ।
विश्व टेस्ट च्याम्पियनसिपको विजेताले ४९.२५ करोड रुपैयाँ पाउनेछ भने उपविजेता टोलीले २९.५५ करोड रुपैयाँ पाउनेछ ।
यस पटक विजेता टोलीको पुरस्कार राशि पछिल्ला दुई फाइनल, न्युजिल्याण्ड (२०२१) र अष्ट्रेलिया (२०२३)का विजेताहरूले जितेको रकमभन्दा झण्डै २८ करोड रुपैयाँ बढी छ ।
पछिल्ला दुई संस्करणहरूमा, विजेतालाई २१ करोड रुपैयाँ दिइएको थियो भने उपविजेतालाई झण्डै ११ करोड रुपैयाँ दिइएको थियो ।
विश्व टेस्ट च्याम्पियनसिपमा खेल्ने सबै ९ टोलीले पुरस्कार राशि पाउनेछन्। नवौं स्थानमा रहेको पाकिस्तानले पनि ६.५६ करोड रुपैयाँ पाउनेछ । तेस्रो स्थानमा रहेको भारतले १९ करोड रुपैयाँ पाउनेछ ।
विश्व टेस्ट च्याम्पियनसिपको तेस्रो चरणमा, दक्षिण अफ्रिकाले ६९.४४ प्रतिशत अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । जबकि अष्ट्रेलिया ६७.५४ प्रतिशतका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा छनोट भयो ।










