५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

टेस्ट च्याम्पियनसिप २०२५ को पुरस्कार घोषणा, विजेता र उपविजेताले कति–कति पाउँछन् ?

टेस्ट च्याम्पियनसिप २०२५ को पुरस्कार घोषणा, विजेता र उपविजेताले कति–कति पाउँछन् ?
अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी)को रकम बढाएको छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच जुन ११ देखि १५ सम्म लर्ड्समा खेलिनेछ ।

विश्व टेस्ट च्याम्पियनसिपको विजेताले ४९.२५ करोड रुपैयाँ पाउनेछ भने उपविजेता टोलीले २९.५५ करोड रुपैयाँ पाउनेछ ।

यस पटक विजेता टोलीको पुरस्कार राशि पछिल्ला दुई फाइनल, न्युजिल्याण्ड (२०२१) र अष्ट्रेलिया (२०२३)का विजेताहरूले जितेको रकमभन्दा झण्डै २८ करोड रुपैयाँ बढी छ ।

पछिल्ला दुई संस्करणहरूमा, विजेतालाई २१ करोड रुपैयाँ दिइएको थियो भने उपविजेतालाई झण्डै ११ करोड रुपैयाँ दिइएको थियो ।

विश्व टेस्ट च्याम्पियनसिपमा खेल्ने सबै ९ टोलीले पुरस्कार राशि पाउनेछन्। नवौं स्थानमा रहेको पाकिस्तानले पनि ६.५६ करोड रुपैयाँ पाउनेछ । तेस्रो स्थानमा रहेको भारतले १९ करोड रुपैयाँ पाउनेछ ।

विश्व टेस्ट च्याम्पियनसिपको तेस्रो चरणमा, दक्षिण अफ्रिकाले ६९.४४ प्रतिशत अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । जबकि अष्ट्रेलिया ६७.५४ प्रतिशतका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा छनोट भयो ।