१६ असार २०८३, मंगलवार
,
Latest
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयता विरोधी सङ्घीयता ल्याउने पार्टीहरू नै हुन्ः जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सङ्घीयता विरोधी सङ्घीयता ल्याउने पार्टीहरू नै रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि सङ्घले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै प्रदेश र स्थानीय तहप्रति सङ्घ सरकारले विश्वास नगरेको बताउनु भयो ।

उहाँले सङ्घीयताको विरोधी अरू कोही नभएर सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू रहेको पुष्टि भएको जिकिर गर्नुभयो । उहाँले सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू सत्तामा पुग्दा सङ्घीयता कार्यान्वयन नहुने गरेको बताउँदै कानुन नबन्दा प्रदेश सरकारले अधिकार नपाएको बताउनु भयो । उहाँले बनेका कानुनको अधिकार प्रदेशलाई हस्तान्तरण नहुने, बनेको कानुन कार्यान्वयन नहुने, बजेट फिर्ता ल्याइने जस्ता कामहरू सङ्घ सरकारबाट भएको बताउँदै सङ्घीयता प्रतिको बुझाइ नै बेठिक भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनमा मेन्टालिटीको कुरा गर्दा खेरी बजेट कहाँ कति दोस्रो कुरा हो, ५० हजार, २५ हजारका सङ्घले हाल्ने के हो त त्यो ? त्यो मेन्टालिटी त हो । तल संयन्त्र छ, संरचना छ, उसलाई कार्यान्वयन गर्ने विश्वास छैन, दिइँदैन । त्यो खालको मनोविज्ञानले काम गरिरहेको छ । सङ्घीयताको विरोधी अरू कोही होइन, सङ्घीयताका विरोधी सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै छन् । आफू सत्तामा पुग्दा कार्यान्वयन भइराखेको छैन । कानुन बनिराखेको छैन । कानुन नबनेर तल प्रदेशले आफ्ना अधिकार पाइराखेको छैन । बनेका कानुनको अधिकार हस्तान्तरण भएको छैन । बनेको कानुन कार्यान्वयन हुँदैन । तल दिइएको बजेट फिर्ता ल्याइन्छ । कुन योजना कसको भनेर छुटाइएको छैन । यसले गर्दा हाम्रो सङ्घीयता प्रतिको बुझाइ नै बेठिक छ ।” 

उहाँले सङ्घीयता कार्यान्वयनको लागि सङ्घीयताका पक्षधरहरूले दबाब दिनुपर्नेमा जोड दिनुभयो ।