२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलन शान्तिपूर्ण हुन्छ भड्काउने काम नहोस् – कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफुहरुले फरक बिचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।

ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ती समेत प्रकट गरे ।

‘आन्दोलन शान्तिपुर्ण हुन्छ । हामि भ्रष्टाचार , कुशासन , बेरोजगारी , योजनाबद्ध भैरहेको धर्मपरिबर्तनको विरुद्धमा छौँ, हामी देशको समृद्धि र प्रगती चाहन्छौं , राष्ट्रियता बलियो बनाउन चाहन्छौ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिदैछ, त्यो चिर्दै अघि बढ्छौँ ।’ थापाले भने ।

उनले थपे ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रती गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ , दमन गर्न तर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुन्ठित गर्ने दुष्प्रयास गरे स्वभाबिक रुपमा असजिलो परिस्थिति निर्माण हुन्छ ।’

जेठ १५ गतेको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा कृयाशिल हुन कार्यकर्ता पङ्क्तिलाई सो अबसरमा निर्देशन सनेत उनले दिए ।

यो देश बचाउने र बनाउने आन्दोलन भएकोले सबैको सहभागी जरुरी भएको थापाको तर्क छ । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई थापाले पार्टीमा स्वागत समेत गरे ।