१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

अध्यागमन विभागका अधिकृत भिसा बिक्रीमा मुछिए, अख्तियारमा पुग्यो फाइल

अध्यागमन विभागका अधिकृत भिसा बिक्रीमा मुछिए, अख्तियारमा पुग्यो फाइल
अ अ+ अ-

काठमाडौं । अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ। विभागको स्टोर शाखामा रहेका भिसा स्टिकर उनले गोप्य ढंगले निकालेका थिए। त्यसपछि बिचौलियाको सहयोगमा ती चिनियाँलाई रिलेसन ९नातेदार० भिसा जारी गरेको खुलेको छ। तर, उक्त भिसाका लागि न आवश्यक कागजपत्र पेस भएको छ न त भिसा जारी गरेको रेकर्ड विभागसँग छ। केही थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरिएको रेकर्ड भने अध्यागमनसँग छ। त्यसकै आधारमा विभागले काफ्लेमाथि छानबिन थालेको हो।

रिलेसन भिसा पाउन स्थानीय तहले गरेको नाता प्रमाणित, सनाखत गर्ने व्यक्तिको सशरीर उपस्थिति र सनाखत गर्ने व्यक्तिको नेपाली नागरिकता अनिवार्य पेस गर्नुपर्छ। ती चिनियाँको कुनै पनि कागपत्र अध्यागमनमा छैन। मूलतः त्यही कागजपत्रका आधारमा विभागको गैरपर्यटकीय शाखाले रिलेसन भिसा दिने नदिने निर्णय गर्छ। काफ्लेले चिनियाँसँग भिसाको कारोबार कार्यालयबाहिर गरेको देखिएको छ। उनले त्यसको सुइँको समेत अध्यागमनका अन्य कर्मचारीलाई दिएनन्। विभागका महानिर्देशक रमेशकुमार केसीले भिसा दुरुपयोगबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। ‘जो कोही भए पनि दोषीले उन्मुक्ति पाउँदैन। कारबाही गर्छु’, महानिर्देशक केसीले भने।

काफ्लेले अर्कै शाखामा कार्यरत रहेका बेला अनधिकृत ढंगले गैरपर्यटकीय शाखालाई चाहिने भिसा निकालेका थिए। उनको चिनियाँ कनेक्सन पेचिलो अनुसन्धानको विषय बनेको छ। निजामती सेवाबाट अवकाश पाउन लागेका काफ्लेको ‘कर्तुत’का आधारमा विगतमा भएका सबै शंकास्पद गतिविधिको अनुसन्धान गर्न विभागलाई सहज बनेको छ। भिसा दुरुपयोग गर्न काफ्लेलाई स्टोर शाखाका खरिदार विष्णु कार्कीले सघाएको खुलेको छ। त्यसबेला काफ्लेलाई नै स्टोर शाखा प्रमुख तोकिएको थियो। कार्कीले भिसा दिन आनाकानी गरे पनि अधिकृत तहका काफ्लेले लिई छाडेको पाइएको छ। तर, काफ्लेले ती भिसा के गर्छन् भनेर कार्की अनभिज्ञ थिए।

कार्कीले भिसा स्टिकरका लागि माग फारम भर्नुपर्ने भनेका थिए। तर, काफ्लेले माग फारममा केरमेट गरेका छन्। उनीहरू दुवै जनाले अध्यागमनका अधिकारीसमक्ष गल्ती स्वीकार गरेका छन्। विभागले उनीहरूसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो। विभागले थप अनुसन्धान र कारबाहीका लागि यससम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ। स्रोतका अनुसार उनीहरूको फाइल मंगलबार अख्तियार पठाइएको हो। चिनियाँ नागरिकको भिसा नवीकरण गर्ने क्रममा काफ्लेले गरेको ‘कैफियत’ खुलेको जनाइएको छ। ती चिनियाँ भिसा नवीकरण गर्न केही दिनअघि विभागमा पुगेका थिए। उनीहरूको राहदानीमा २०७५ चैतमा भिसा जारी भएको देखिएको छ। गैरपर्यटकीय (नन्टुरिस्ट) शाखाका कर्मचारीले उनीहरूको भिसामा ‘कैफियत’ पत्ता लगाएका थिए। ती कर्मचारीले लगत्तै महानिर्देशक केसीलाई रिपोर्टिङ गरेका थिए। महानिर्देशक केसीले घटनाबारे तत्काल गृहसचिव महेश्वर न्यौपानेलाई जानकारी गराएका थिए।

तीनै जना चिनियाँको राहदानी विभागले नियन्त्रणमा लिएको छ। कार्यालयबाहिर अनधिकृत ढंगले भिसा लिएको अभियोगमा उनीहरूलाई पनि कारबाही हुन सक्ने विभागका एक अधिकारीले बताएका छन्। विभागको प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका बेला काफ्लेले अनधिकृत ढंगले भिसा दिएको खुलासा भएको हो। उनी हाल रसुवागढीस्थित अध्यागमन नाका प्रमुख छन्। विभागले उनलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाको जिम्मेवारीसमेत दिएको थियो। अन्नपुर्णपोष्ट दैनिक