२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते संसदले मन नपरेको खण्डमा प्रधानमन्त्रीलाई पनि फ्याँक्ने अधिकार राख्छः अर्थमन्त्री वाग्ले संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीको समयमा सूचना नदिई विद्युत लाइन काटिनु आपत्तिजनकः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा बिना सूचना लाइन काट्न जनता आहत भएको बताउनु भयो । उहाँले जनताको जीवनमाथि खेलवाड नगर्न प्राधिकरणलाई आग्रह गर्नुभयो । उहाँले यही साधन स्रोतले यसभन्दा अघि नियमित लाइन दिनसक्ने प्राधिकरण अहिले किन पटक पटक लाइन काटिरहन्छ भनेर प्रश्न गर्नुभयो ।

जनतालाई सूचना नदिई गर्मीको समयमा यसरी लाइन काटिनु दुःखद् भएको भन्दै के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो भन्दै सांसद शर्माले प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस्तो प्रचण्ड गर्मीमा विद्युत प्राधिकरणले पटक पटक विना सूचना लाइन काटेको छ । यसरी घण्टौं लाइन काटिँदा जनजीवन कष्टकर बनेको छ । मध्यरातमा जनता सडकमा आउन बाध्य छन् । प्राधिकरणले जवाफ दिन सक्दैन । यही साधन स्रोतले योभन्दा अगाडि नियमित लाइन दिनसक्ने प्राधिकरण अहिले किन लाइन काट्छ ? जनतालाई सूचना दिँदैन । के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो ? त्यसैले सम्माननीय सभामुख मार्फत सोध्न चाहन्छु जनताको जीवनमाथि खेलबाड किन ? लाइन नियमितताका लागि रुलिङका लागि सभामुखसँग माग गर्दछु ।’

सांसद शर्माले विद्युत लाइन नियमितताका लागि रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो ।




भर्खरै