२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प



अ+ अ-

एजेन्सी । मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना भए पनि व्यापारिक सम्झौताहरूको आशा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार साउदी अरेबियामा आइपुग्नेहुनेछ ।

यो उहाँको खाडी क्षेत्रको भ्रमणको पहिलो चरण हो र त्यसपछि कतार र संयुक्त अरब इमिरेट्स जानुहुनेछ ।

यो भ्रमण अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको पहिलो प्रमुख विदेश भ्रमण हो र ह्वाइट हाउसले उहाँले यस क्षेत्रमा ‘ऐतिहासिक फिर्ती’ को अपेक्षा गर्नुभएको बताएको छ ।

आठ वर्षअघि पनि ट्रम्पले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो विदेश भ्रमणका लागि साउदी अरेबियालाई रोज्नुभएको थियो । त्यसबेला उहाँले स्मरणीय रूपमा चम्किरहेको कक्षका साथ पोज दिनुभएको थियो र तरबार नृत्यमा भाग लिनुभएको थियो ।

परम्परागत पश्चिमी मित्रराष्ट्रहरूलाई छोडेर फेरि तेल–धनी खाडी राष्ट्रहरूमा यात्रा गर्ने उहाँको निर्णयले उनीहरूको बढ्दो भू–राजनीतिक भूमिका र क्षेत्रमा उहाँको आफ्नै व्यापारिक सम्बन्धलाई प्रकाश पार्छ ।

भ्रमण अघिका दिनहरूमा ह्वाइट हाउसले भारत र पाकिस्तानबीच युद्धविराम गर्न, गाजामा अमेरिकी बन्धकलाई रिहा गर्न र इरानसँग अर्को चरणको आणविक वार्ता गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

यी पहलहरू गत हप्ता ट्रम्पले इरान समर्थित हुथी विद्रोहीहरूसँग युद्धविरामको घोषणा गरेपछि आएका छन् ।

– सम्झौताहरू –

तर खाडी भ्रमणको समयमा ध्यान सम्भवतः व्यापारिक सम्झौताहरू सुरक्षित गर्ने हुनेछ ।

“ह्वाइट हाउसका स्रोतहरूले राष्ट्रपतिले ‘सम्झौताहरू’ मा ध्यान केन्द्रित गर्नुहुने सङ्केत गरेका छन्”, अटलान्टिक काउन्सिलको स्कोक्रोफ्ट मिडल इस्ट सेक्युरिटी इनिसिएटिभका प्रतिष्ठित फेलो डेनियल बी शापिरोले लेख्नुभएको छ ।

रियाद, दोहा र अबु धाबीले ७८ वर्षीय अर्बबपति ट्रम्पलाई भव्य शाही स्वागतका साथ रेड कार्पेट ओछ्याउने अपेक्षा गरिएको छ ।

ट्रम्पकी प्रवक्ता क्यारोलिन लेभिटले भ्रमणअघि भन्नुभयो, “राष्ट्रपति ‘अतिवाद पराजित भएर त्यसको स्थानमा व्यापार र सांस्कृतिक आदानप्रदान’ हुने दृष्टिकोण प्रवद्र्धन गर्न मध्यपूर्वमा आफ्नो ऐतिहासिक फिर्तीको अपेक्षा गर्दै हुनुहुन्छ ।”

खाडी राष्ट्रहरूले ट्रम्पको दोस्रो कार्यकालमा आफूलाई प्रमुख कूटनीतिक साझेदारका रूपमा स्थापित गरेका छन् ।

दोहा हमास र इजरायल बीच वार्ताको प्रमुख मध्यस्थकर्ता रहेको छ भने जबकि साउदी अरेबियाले युक्रेनको युद्धमा वार्ताको सहजीकरण गरेको छ ।

साउदी अरबका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले अमेरिकी व्यापार र लगानीमा छ खर्ब डलर खर्च गर्ने वाचा गरेसँगै राज्यमा फर्कने कुरा महिनौँदेखि चर्चामा रहेको छ ।

“म एक अद्भुत व्यक्ति क्राउन प्रिन्सलाई यसलाई लगभग १० खर्ब डलरमा पुर्‍याउन सोध्दैछु । मलाई लाग्छ उहाँहरूले त्यसो गर्नेछन् किनभने हामी उहाँहरूसँग धेरै राम्रो भएका छौँ”, प्रस्तावको जवाफमा ट्रम्पले भन्नुभयो ।

रक्षा मन्त्रालय नजिकका एक साउदी अधिकारीका अनुसार रियादले अर्बौं डलरको अत्याधुनिक हवाई रक्षा प्रणालीसहित नवीनतम अमेरिकी एफ–३५ लडाकू जेटहरू सुरक्षित गर्न दबाब दिनेछ । “हामी ट्रम्पको कार्यकालमा डेलिभरी हुने सर्त राख्नेछौँ”, स्रोतले एएफपीलाई भन्यो ।