१४ श्रावण २०८३, बिहीबार
,
Latest
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल मे १६ बाट फेरि सुरु हुने !



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मे १६ बाट फेरि सुरु हुन सक्ने भएको छ ।

यस्तै, फाइनल खेल मे ३० मा हुने सम्भावना छ । आइतबार बीसीसीआई स्रोतलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूमा यो जानकारी दिइएको हो । अब बाँकी १६ खेलको नयाँ तालिका चाँडै जारी गरिनेछ ।

पाकिस्तानसँगको तनावका कारण मे ९ मा आईपीएल २०२५ स्थगित गर्नुपरेको थियो । लिग रोक्दा बीसीसीआईले देश अहिले युद्धको अवस्थामा रहेको बताएको थियो । यस्तो अवस्थामा क्रिकेट प्रतियोगिता आयोजना गर्नु उचित होइन ।

आईपीएल २०२५ अन्तर्गत ७४ खेल खेलाइने थियो । मे ८ सम्ममा ५८ खेल भइसकेका थिए । अर्थात् अब १६ खेल बाँकी छन् । जसमध्ये १२ खेल लिग चरणका छन् भने ४ खेल प्ले–अफ चरणका छन् ।

मुम्बई, कोलकाता, राजस्थान र चेन्नईका दुई–दुई लिग खेल बाँकी छन् । बाँकी टोलीहरूले अझै तीन–तीन लिग खेल खेल्न बाँकी छ ।

आईपीएलका १० मध्ये तीन टोली प्लेअफको दौडबाट बाहिरिएका छन् । यी तीन टोलीहरू हैदराबाद, राजस्थान र चेन्नई हुन् । बाँकी टोलीहरू अझै प्लेअफ दौडमा छन् ।