१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

नेपाल एयरलाइन्सका १४ संक्रमितलाई पुनः सोल्टीमै सारियो

नेपाल एयरलाइन्सका १४ संक्रमितलाई पुनः सोल्टीमै सारियो
अ अ+ अ-

काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनबाट धुम्बाराहीस्थित ह्याम्स अस्पताल गएका नेपाल वायुसेवा निगमका पाइलटसहित चालक दलका १४ संक्रमित सोल्टी होटलमा सरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत उनीहरूलाई एक ठाउँको आइसोलेसनबाट अर्को ठाउँमा सर्न अनुमति दिएको हो । सोल्टी होटलकै क्वारेन्टाइनमा रहेका बेला असार २२ गते उनीहरूमा संक्रमण पुष्टि भएको थियो । सोल्टीकै आइसोलेसनमा पहिलो रात राखेर भोलिपल्ट सशस्त्रको अस्पतालमा सारिएको थियो । त्यहाँको सेवा–सुविधा चित्त नबुझाएका उनीहरूलाई मन्त्रालयले असार २४ गते ह्याम्स अस्पतालमा सर्न अनुमति दियो । ह्याम्समा महँगो भएको गुनासो गरेपछि आइतबार पुनः सोल्टीमै सर्न अनुमति दिइएको हो ।

उनीहरूलाई के आधारमा सोल्टी होटलमा सार्न मन्त्रालयले अनुमति दियो भन्नेबारे खुलाइएको छैन । निगमको विमान उडाएका कारण क्वारेन्टाइनमा बस्नुपर्ने चालकसहितका कर्मचारीलाई भने सोल्टी होटलकै क्वारेन्टाइनमा राख्ने व्यवस्था छ । निगमकी प्रवक्ता अर्चना खड्काले अस्पतालको बसाइ महँगो भएकाले स्वास्थ्य मन्त्रालयकै स्वीकृतिमा होटलको आइसोलसनमा कर्मचारीलाई सारिएको बताइन् । ‘त्यही होटलमै कर्मचारी क्वारेन्टाइनमा बसेका थिए । मेडिकल टिम पनि राखेका छौँ । ३ जना निको भएर पनि गइसके । अरूको स्वाबको रिपोर्ट कुरिरहेका छौँ ।’ उनले ह्याम्स अस्पताल र सोल्टी होटलमा हुने खर्चविवरण उल्लेख गर्न चाहिनन् । निगम स्रोतका अनुसार ह्याम्स अस्पतालमा एक जनाको एक दिनको बसाइ खर्च करिब ३० हजार रुपैयाँ थियो । सोल्टीले भने करिब १० हजार रुपैयाँ मात्रै लिने गरेको छ ।

ह्याम्सका निर्देशक डा. ज्योतिन्द्र शर्माले अस्पतालको खर्च महँगो भएको भन्दै गुनासो गर्नॅ बेकार रहेको बताए । उनका अनुसार निगमलाई सुरुमै खर्चबारे जानकारी गराइएको थियो । त्यसमा निगम व्यवस्थापन सहमत भएरै कर्मचारीलाई त्यहाँ सारिएको थियो । ‘हामीकहाँ उपचार गर्न आएका बिरामीमा कोरोना देखियो भने सरकारी अस्पतालमा थप उपचार गराउने कि हामीकहाँ नै भनी सोध्ने गरेका थियौं । बाहिरबाट संक्रमित भएर आएकालाई लिने गरेका थिएनौं,’ उनले भने, ‘निगमकै मान्छेले जबरजस्ती गरे र स्वास्थ्य मन्त्रालयले पनि भर्ना गरेर उपचार गरिदिनुस् भनेर पत्राचार गरे । त्यसपछि भर्ना गरेका थियौं ।’

डा. शर्माले जोखिम व्यवस्थापनको पैसा लिएको बताए । ‘सामान्य बिरामी र कोभिड संक्रमित बिरामीको उपचार गर्दा खर्चमा फरक हुन्छ । उनीहरू आफ्नो इच्छाले पत्र बनाएर आएका थिए । सर्भिसचाहिँ बिजनेस क्लासको लिने अनि पैसाचाहिँ इकोनोमिक क्लासको तिर्न खोज्नु कतिको ठीक हो ’ उनले भने । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार निगमका कर्मचारीले सशस्त्र प्रहरी अस्पतालमा सेवा तथा सुविधा नभएको गुनासो गर्दै ह्याम्समा सार्न माग गरेपछि अनुमति दिइएको थियो । ‘सरकारी अस्पतालबाट आफ्नै खर्चमा उपचार गर्ने गरी ह्याम्समा सर्न निवेदन दिएपछि मन्त्रालयले सुरुमा स्वीकृति दिएको थियो,’ स्रोतले भन्यो, ‘तर, ह्याम्समा महँगो भयो भनेर सोल्टीमा सर्न खोज्दा किन अनुमति दिइयो, भन्न गाह्रो छ ।’

स्रोतका अनुसार सशस्त्र प्रहरी अस्पतालबाट ह्याम्समा सार्नका लागि मन्त्रालयका प्रमुख विशेषज्ञको निर्णय अनुसार मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले निगमलाई पत्र तयार पारिदिएका थिए । ह्याम्सबाट सोल्टी होटलमा सार्नका लागि भने मन्त्रालयका इन्सिडेन्ट कमान्ड सेन्टरका प्रमुख डा। गुणराज लोहनीले स्वीकृति दिएका थिए । यसबारे प्रतिक्रिया लिन खोज्दा डा. लोहनी पन्छिए । उनले भने, ‘मन्त्रालयका प्रवक्ताले जे भन्नुहुन्छ त्यही नै कुरा हो ।’

अस्पतालबाट होटलमा सर्नु कत्ति व्यावहारिक ?

मन्त्रालयको कुनै पनि निर्देशिकामा अस्पतालको आइसोलेसनमा बसिरहेको मान्छेले आफूलाई मन लागेको ठाउँमा सर्न पाऊँभन्दा सर्न मिल्ने प्रावधान छैन । एक जनस्वास्थ्य विज्ञले कोरोना संक्रमित एक ठाउँबाट अर्कोमा सर्नु नियमविपरीत हुने बताए । ‘सरकारको निर्देशिका स्पष्ट छैन । निर्देशिका परिवर्तन भइरहेको हुन्छ । पछिल्लो निर्देशिकामा कुनै पनि पोजिटिभ केसमा लक्षण छैन भने घरमै आइसोलेसनमा बस्न सक्ने उल्लेख छ । तर घर नै पठाउनु त नराम्रो हो किनकि उसले अरूलाई सार्न सक्छ ।’ तर सरकारले छुट्टै आइसोलेसन सेन्टर व्यवस्था गरेको भए राख्न मिल्ने उनले बताए । ‘यसका लागि पनि आइसोलेसन सेन्टर अस्पताल नजिक हुनुपर्छ ताकि बिरामी हुँदा तुरुन्त पठाउन सकियोस्,’ उनले भने ।

होटलले व्यवस्थित आइसोलेसन मापदण्ड पालना गरेको भए ठीकै हुने नत्र सार्न नमिल्ने ती विज्ञले बताए । ‘केस बढी भएर अस्पतालमा बेड नहुँदा आइसोलेसन सेन्टर बनाएर राख्नु राम्रो हुन्छ । हालसम्म त नियमले सरकारले तोकेको असपतालमा नै भर्ना हुनुपर्छ भन्ने हो । अस्पताल सर्छु भन्न नपाउनु पर्ने हो । कि त तोकिएको अस्पताल हुनुपर्यो,’ उनले भने, ‘तर यहाँ नियम पालना नगरेको देखियो । भोलिका दिनमा यस्तै केसमा अलि खर्च गर्न सक्ने मान्छे सरकारी अस्पतालमा बस्न नखोज्लान् । त्यसो गर्न दिने हो भने पहिला सरकारले नीति नियम बनाउनुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने छुट्टै ब्लकमा होटलमा राख्न मिल्ने बताए । उनले भने, ‘उनीहरू संक्रमित हुन् तर लक्षणविहीन हुन् । होटलमा आइसोलेसन बनाएर बस्न मिल्छ । मान्छेले पैसा तिर्न सक्छ, आफैं व्यवस्था गर्न सक्छ भने छुट्टै ठाउँमा बस्न मिल्यो । निगमले अनुरोध गरेपछि हामीले स्वीकृति दिएका हौं । ह्याम्स राख्न पनि निगमकै अनुरोध आएको हो । कहीँ न कहीँ त राख्नै पर्यो ।’ कान्तिपुर दैनिक