१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

अदालतमा नौलो डीसीएम प्रणाली लागू

अदालतमा नौलो डीसीएम प्रणाली लागू
अ अ+ अ-

काठमाडौं । जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने व्यक्तिले आफ्नो मुद्दा फैसला हुने मिति न्यायालय प्रवेश गरेकै दिनमा थाहा पाउने भएका छन् । मुद्दा दर्ता हुँदाकै अवस्थामा फैसला हुने अन्तिम मितिसहितको कार्यतालिका प्रत्येक जिल्ला अदालतले पक्षलाई उपलब्ध गराउने व्यवस्था शुरु भइसकेको सर्वोच्च अदालतबाट थाहा भएको छ । यस्तो प्रणाली लागू भइसकेको बताइएको छ । मुद्दाको प्रकृति, त्यसमा निहित कानुनी प्रश्न, विवादको गाम्भीर्यता, पक्षहरुको संख्यासमेतको आधारमा मुद्दालाई सरल, सामान्य र विशेष मार्गमा समावेश गरिएको छ । सरल मार्गमा परेकालाई ६ महिना, सामान्य मार्गमा परेकालाई १२ महिना र विशेष मार्गमा परेकालाई १८ महिनाभित्र छिनोफानो गरी सक्ने गरी न्यायालयले लक्ष्य लिएको छ ।

अदालतले ल्याएको यस्तो नयाँ सोचलाई ‘फरक मुद्दाका लागि फरक ब्यवस्थापन’ (डीसीएम) नामकरण गरिएको छ । नेपालको न्याय प्रणालीमा भएको ढिलासुस्तीलाई हटाउन यसलाई नयाँ आयामका रुपमा हेरिएको छ । नेपालमा मुद्दा छिनोफानो हुनका लागि वर्षौं लाग्ने गरेको आरोप लाग्दै आएको छ । यो व्यवस्था लागू भएपछि अब नेपालको न्याय प्रणाली छिटो, छरितो, गुणस्तरीय र पूर्वअनुमानयोग्य हुने विश्वास गरिएको छ । यो पद्दती विगत १० वर्षदेखिको प्रयासस्वरुप हाल लागू भएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बताए। यो प्रणाली प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पालामा लागू गर्न भरमजदुर प्रयास भएबमोजिम सफल भएको सर्वोच्चका एक न्यायाधीशले उल्लेख गरे । यो व्यवस्था यही साउनदेखि नै ७७ वटै जिल्लामा लागू भएको बताइएको छ ।

धेरै नै सोच विचार तथा अनुसन्धान गरी ल्याइएको यो व्यवस्था हरेक उच्च अदालतमा आउँदो भदौ १ गतेदेखि लागू हुने पनि बताइएको छ । सञ्चारविज्ञ पौडेलले भने– ‘यो डीसीएम प्रणाली आउँदो भदौ १ गतेदेखि उच्च अदालतमा पनि लागू गर्ने गरी तयारी भइरहेको छ ।’ यो व्यवस्था जिल्ला, उच्च हुँदै सर्वोच्चमा पनि लागू गर्न आवश्यक भएको कानुन व्यवसायीहरुले बताएका छन् । सर्वोच्चमा पनि मुद्दाहरु वर्षौंदेखि छिनोफानो हुन नसकेको उल्लेख गर्दै कानुन व्यवसायीहरुले उपयुक्त समयमा सो अदालतमा पनि डीसीएम प्रणाली लागू गर्न अनिवार्य भएको उल्लेख गरेका हुन् ।

सर्वोच्च अदालत, बार एसोसिएसनका पार्षद् अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले डीसीएम प्रणालीको व्यवस्थाबमोजिम कार्य गर्न दत्तचित्त भएमा मात्र समयमा न्याय प्राप्त हुने अन्यथा यो प्रणाली पनि लक्ष्यविहीन भएर बस्नुपर्ने अवस्था आउने बताए। उनले यो प्रणाली अब विस्तारै सर्वोच्चमा लागू गर्न आवश्यक भएको उल्लेख गरे । सर्वोच्चमा १० वर्षसम्म विचाराधीन अवस्थामा रहेका केही मुद्दा अझै छिनोफानो हुन सकेका छैनन् । नेपाल समाचारपत्र दैनिक