१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा यो साता कोरोना संक्रमणले थप १६ जना नेपालीको निधन



अ+ अ-

काठमाडौं । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको हो । कतारमा निधन भएका ८ जना मध्य २ जनाको निधन हुनुभन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार हिजो शनिवार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपाली मध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् । समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् । विदेशमा ३० हजार ५ सय ७१ जना मध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा। सापकोटाका अनुसार भारत, साउदी, युएई र कुवेतमा मात्र ९ सय ५० जनामा नेपालीहरुमा यो साता कोरोना संक्रमणमा बृद्धि भएको हो ।

संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले ४० जना नेपालको सहित विश्वभर ज्यान गुमाउनेको संख्या २ सय जना पुगेको छ । यस्तै नेपालमा मात्र १७ हजार ५ सय २ जनामा संक्रमण फैलिएको छ । ती मध्ये करिब ६५ प्रतिशत अर्थात ११ हजार ६ सय ३७ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

उद्धार
गैरआवासीय नेपाली संघ, नेपाल सरकार, र कुटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २९ हजार ७ सय ८० जना उद्धार भएको छ ।

१ सय ७२ शव ल्याइयो
यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी छ । राजधानी दैनिक