१० आश्विन २०८१, बिहीबार
,
Latest
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा रोल्पका एकै गाउका सात जनाको मुत्यु, एक घाईते



अ+ अ-

प्युठानमा ट्याक्टर दुर्घटना  हुँदा रोल्पका एकै गाउका सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गए राति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको  भएको छ भने एक जना घाईते भएका छन् ।

पाच नम्बर प्रदेश प्रहरी कार्यलयका अनुसार  मृत्यु हुनेहरुमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोवर्द्धन बुढामगर रहेका छन् । 

मृतकहरु भिङग्री–स्वर्गद्वारी सडक खण्डमा काम गर्ने श्रमिक हरु हुन्  । ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। हाल सुरक्षकर्मी र स्थानीय को सहयोगमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल ईलाका प्रहरी कार्यलय भिंगृबाट अन्दाजी १० कलिोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ ।