२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा पहिरोले दुईको मृत्यु, सात घर पुरिए



अ+ अ-

दार्चुला । अविरल बर्षासंगै गएको पहिरामा पहिरो परि दुई जनाको मत्यु भएको छ भने सात घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालय दाचुर्लाका अनुसार जिल्लाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने सात घर पुरिएका हुन् । 

पहिरो परि मृत्यु हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि बेपत्ता उनीहरुको स्थानीय र प्रहरीले खोजी गरेका थिए ।

यस्तै पहिरोमा स्थानीय मोहनसिंह ठगुन्नासहित चार चार जना घाइते भएका छन् । उनीहरुलाई गाउँलेले तत्काल उद्धार गरेका थिए। पहिरोले एउटा विद्यालय भवनसमेत बगाएको छ ।