२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले आफै राष्ट्रिय जनावर मार्दा हामी बाँदर मार्न किन डराएको : पुर्व मन्त्री गुरुङ



अ+ अ-

काठमाडौ। खेती नष्ट गर्ने बाँदर र बदेलको उचित व्यवस्थापन गर्न सके मात्रै नेपालको कृषि प्रणालीले गति लिन सक्ने नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पुर्व मन्त्री गुरुङले अस्ट्रेलियाले राष्ट्रिय जनावर कंगारु मारेर मासु र छाला निर्यात गर्दा हामी नेपाली कृषकलाई दुख दिने बाँदर र बदेलको समेत उचित व्यवस्थापन गर्न नसकिएको प्रति ध्यानाकर्षण गराउनु भएको हो ।

प्रतिनिधिसभामा बोल्दै उहाँले भन्नुभयो “खास गरि हामीलाई दुख दिएको बाँदर र बदेल नै हो । अष्ट्रेलियाको राष्ट्रिय जनावर कंगारु हो तर यो बर्ष मात्रै पचास लाख कंगारु मारेर मासु र छाला बिदेश निर्यात गर्ने निर्णय गरेको छ र पैसा कमाउछ जुन राष्ट्रिय जनावर हो अष्ट्रेलियाको । तर नेपालमा बादर मार्न हुदैन कानुनले दिदैनौ भनेर बस्छौं ।

अष्ट्रेलियामा पनि अधिकारकर्मी होलान् बिरोध गरेकै होलान् तर अष्ट्रेलियाले यो बर्ष पचास लाख कंगारु मार्ने निर्णय गर्यो तर यहाँ भने बाँदर पनि मार्न हुन्न,बँदेल पनि मार्न हुन्न भन्दै बस्दा कृषि क्षेत्र नस्ट भएको भएइ छ ।” अब बाँदर र बदेललाई ठिक ढंगले नियन्त्रण गर्नुपर्ने बेला आएको उहाँको धारणा थियो ।