५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण

असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने

असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने
अ+ अ-

पोखरा। पोखरा गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत मिति दिएको छ । एन्फाले आज गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखी साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको हो ।

एन्फाको स्विकृत संगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ । उक्त प्रतियोगितामा कुल ८ टिमको सहभागिता गराउने संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार विभागिय क्लब त्रिभुवन आर्मी र एपिएफ क्लबले सहभागिता जनाउने भइसकेका छन् । ‘एन्फाले डेट दिएपछि हामीले अब तयारी थालेका छौं ।

सोही मितिमा हामीले प्रतियोगिताको आयोजना गर्नेछौं’ उनले भने, ‘हामीले ८ टिमको मात्र सहभागिता गराउने तयारीमा छौं । यसका लागि आर्मी र एपिएफ आउने पक्का भएको छ भने गण्डकीको पनि टिम रहनेछ ।’ पोखरामा महिला फुटबलको गतिविधि नै न्युन छ । संघले महिला फुटबललाई प्राथमिकतामा राखेर महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको उनले सुनाए । जुन गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक हुनेछ ।

महासचिव गुरुङले दीर्घकालिन सोच राखेर अब महिला फुटबलको विकासका लागि संघले पहिलो कदम चालेको सुनाए । उनका अनुसार संघले प्रदेशभित्र यस अघि प्रतियोगिताको आयोजना नगरेपनि विभिन्न खेलाडी, प्रशिक्षक तथा रेफ्री विकासका लागि तालिम, गोष्ठि तथा कोर्ष सञ्चालन गर्दै आइरहेको थियो ।

‘हामीले महिला फुटबलको विकास गर्ने उदेश्यका साथ पहिलो पटक महिला फुटबलको आयोजना गर्दैछौं । यसका लागि आवश्यक तयारीमा हामी जुटिरहेका छौं । अब त एन्फाले समेत डेट दिइसकेको छ’ उनले भने, ‘यो गण्डकी प्रदेशकै प्रतिष्ठीत प्रतियोगिता हुनेमा आशावादी छौं ।

हामीलाई महिला फुटबलको विकासमा लागेन भनेर धेरै गुनासो पनि आउने गरेको सत्य हो र त्यहाँ कहि न कहि हामी चुकेकै थियौं तर, हामी संगपनि बजेट छैन सबै सहयोगकै भरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ तर, यसपटक हामीले यो काम आटेका छौं ।’ उनका अनुसार गण्डकीमा महिला फुटबलको गतिविधि भएमा अहिलेका चर्चित विभागिय टिमलाई समेत टक्कर दिने बलियो टिम बन्नेछ ।

महिला फुटबललाई अघि बढाउनकै लागि बागमति गोल्डकपमा टिम लिएर गएको सुनाउँदै उनले गण्डकीका महिला खेलाडीलाई निरन्तर प्रशिक्षण दिन सकेमा अबका केहि वर्षपछि उत्कृष्ट टिम बन्ने सुनाए । ‘हामीले बागमतिमा भएको गोल्डकपका लागि टिम छनोट गर्दा खेलाडीको उपस्थिति पनि राम्रो थियो ।

त्यहाँ निकै राम्रो खेल खेल्ने खेलाडीहरुको पनि सहभागिता थियो । उनीहरुलाई निरन्तर प्रशिक्षण दिन सकेमा गण्डकीको महिला फुटबलले गति लिनेछ’ उनले भने ।