४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

सरकारको नीति तथा कार्यक्रमको कांग्रेसभित्रै आलोचना !

सरकारको नीति तथा कार्यक्रमको कांग्रेसभित्रै आलोचना !
अ+ अ-

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सत्तारुढ दल नेपाली कांग्रेसभित्रै आलोचना भएको छ । आफूहरुले उठाएका कतिपय मुद्दा समावेश नगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दै कांग्रेसका केही सांसदले असन्तुष्टि जनाएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनमा पेश गरेका थिए । नीति तथा कार्यक्रममा आफूहरुले दिएका सुझावको बेवास्ता गरिएको कांग्रेसका सांसदहरुको भनाइ छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रमका अधिकांश एजेन्डा नेकपा एमालेका समेटिएको तर कांग्रेसका एजेन्डा छायाँमा पारिएको गुनासो गरेका थिए ।

कांग्रेस सांसदहरुले आगामी बजेटमा पनि नेकपा एमालेका नेताले नेतृत्व गरेको मन्त्रालयमा बजेट बढी जाने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए । बजेटमा विभेद भए आफूहरुलाई स्वीकार्य नहुने चेतावनी उनीहरुको थियो ।

यसैगरी बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीबाट बर्खास्तीमा परेका कांग्रेसका नेता पूर्णबहादुर तामाङको बारेमा पनि केही सांसदहरुले प्रश्न गरेका थिए । दुवै दल सरकारमा भएको बेलामा कांग्रेसले नै फिर्ता बोलाउन छाडेर प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न मिल्छ भन्दै उनीहरुले प्रश्न गरेका हुन् ।

बैठकमा विशेष गरी नीति तथा कार्यक्रमकै विषयमा बढी छलफल भएको थियो । तर बैठकले नीति तथा कार्यक्रमलाई सकारात्मक धारणा र रचनात्मक सुझावसहित समर्थन गर्ने निर्णय लिएको छ ।

नीति तथा कार्यक्रम देशका प्राथमिकतालाई केन्द्रमा राखी सुशासन प्रवद्र्धन गर्दै आर्थिक समृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको भूमिकालाई प्रभावकारी र सशक्त बनाउने दिशामा निर्देशित रहेको ठहर बैठकले गरेको हो ।

त्यसैगरी सरकार र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिलाई कार्यान्वयन गर्ने दिशामा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै बैठकले संसद् र यसका विषयगत समितिहरुमा गम्भीर, जिम्मेवार एवं प्रभावकारिताका साथ प्रस्तुत हुने संकल्प गरेको छ । कांग्रेस बैठकले सबै सांसदहरुलाई संसद् र आफ्ना विषयगत समितिका सम्पूर्ण गतिविधिमा जिम्मेवारीपूर्वक क्रियाशील रहने निर्देशन दिएको छ ।