२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनअपेक्षानुसार काम गर्न सबैले हातेमालो गरौँ : मन्त्री शाही



अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकार एक्लैले मात्र जनअपेक्षाअनुसार काम गर्न नसक्ने भन्दै सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।

छायाँ नेपालको १०औँ वार्षिकोत्सवमा अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइ, खानेपानी, विपद् व्यवस्थापनलगायत क्षेत्रमा गैरसरकारी क्षेत्रको भूमिका पनि महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “मुलुक समृद्धिका लागि हामीसँग अपार सम्भावना छन्, त्यसलाई साकार बनाउन सरकारसँगै हातेमालो गर्न सबैलाई आग्रह गर्दछौँ । यसमा युवा वर्गको सक्रियता र भूमिका झन महत्त्वपूर्ण छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले राज्यले अपेक्षानुसार गर्न र पुग्न नसकेका स्थान र क्षेत्रमा छायाँ नेपालले शिक्षा र स्वास्थ्यमा गरेका कामको प्रसंशा गर्नुभयो । छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा र कार्यकारी सहायक प्रियंका ठाकुरले संस्थाको स्थापना, उद्देश्य, उपलब्धि र भावी योजनाका बारेमा अवगत गराउनुभएको थियो ।

त्यसैगरी सिजिइडीका अध्यक्ष डा माधव कार्की, छायाँ नेपालका अध्यक्ष सृष्टि सिलवाललगायतले गैरसरकारी निकायले गर्नुपर्ने कामका बारेमा सरकारले सहजीकरण गरेमा जनअपेक्षाअनुसार काम गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो । रासस