२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको जलवायु नीतिः वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गरिने



अ+ अ-

काठमाडौँ । सरकारले जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गर्ने घोषणा गरेको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न सगरमाथा संवाद आयोजना गरिएको बताउनु भयो । उहाँले अगामी जेठ २ देखि ४ गतेसम्म हुने संवादमा प्रश्तुत गरिएका धारणाहरूका आधारमा जलवायु अनुकुलन र असर
न्युनिकरणका कार्यक्रमहरू लागू गर्ने सरकारको तयारी रहेको बताउनु भयो ।

उहाँले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य पूरा गर्न आवश्यक रणनीतिहरू कार्यान्वयन गर्ने योजना अघि सारेको पनि बताउनु भयो ।