२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमार्गलाई हरित व्यवासायमा आधारित आर्थिक राजमार्ग बनाइने



अ+ अ-

काठमाडौँ । सरकारले विभिन्न राजमार्गलाई हरित व्यवसायमा आधारित आर्थिक राजमार्ग बनाउने भएको छ ।

शुक्रवार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो ।

उहाँले पुस्पलाल मध्यपहाडी राजमार्ग, बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा कोरिडोरहरुलाई अरित व्यवसायमा आधारित राजमार्गको रुपमा स्थापित गराइने बताउनुभयो । राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रुपमा निरन्तरता दिइने बताउनु भयो । उहाँले कृषि आधुनिकीकरण परियोजनालाई पुनरसंरचना गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुस्पलाल मध्य पहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, विपी राजमार्ग, हुलाकी राजमार्ग र कोरिडोरहरुलाई हरित व्यवसायमा आधारित आर्थिक राजमार्ग बनाइने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनः संरचना गरी यसलाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रुपमा निरन्तरता दिइनेछ । माटोको जैविक गुणमा ह्रास आउन नदिन प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन दिँदै दीगो कृषि उत्पादन प्रवद्र्धनको विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’

राष्ट्रपति पौडेलले माटोको जैविक गुणमा कमी आउन नदिन प्राङ्गारिक मल उत्पादन र प्रयोगमा प्रोत्साहन गरिने सरकारको नीति रहेको बताउनु भयो । दिगो कृषि उत्पादन प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ ।