२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षिय पुरुष र ४९ वर्षिय चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षिय पुरुषको साउन ६ गते निधन भएको हा । खोकी, उच्च ज्वरु र स्वासप्रस्वासमा समस्या आएपछि उनी साउन २ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । सघन उपचारकक्षमा उपचारकका क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्तै पोखरामा काम गर्दै आएका एक ४९ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि थप उपचारका लागि टिचिङ लगिएकोमा बुधबार निधन भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

बुधबार देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । जसमा १ सय जनामा पोजेटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । अहिले संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।