२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

आजदेखि नेपाल टेलिभिजनमा मेरो भ्वाइस युनिभर्स प्रसारण हुने

आजदेखि नेपाल टेलिभिजनमा मेरो भ्वाइस युनिभर्स प्रसारण हुने
अ अ+ अ-

काठमाडौँ। विश्वभरका नेपाली प्रतिभाहरु सहभागीहरुको सबैभन्दा ठूलो नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स– सिजन २’ को प्रसारण आजदेखि सुरु हुँदैछ ।

नेपाल टेलिभिजनको राष्ट्रिय प्रशारणबाट साँझ ८ बजेको समाचारपछि यो शो प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार गरिएको ‘मेरो भ्वाइस युनिभर्स’मा विश्वका २३ देशका नेपाली गायक गायिकाहरुले फाइनल प्रतिष्पर्धा गर्दैछन् ।

नेपालसमेत विश्वका १३ मुलुकमा अडिसनहरु समापन गरी काठमाडौंको एए स्टुडियोमा फाइनल राउण्डका प्रतिष्पर्धाहरु गराइएको छ । फाइनल राउण्डका ३२ एपिसोडहरुमध्ये वैशाख १८ गते साँझ पहिलो भाग प्रसारण गर्न लागिएको हो ।

नेपाल टेलिभिजनका अनुसार, अव मेरो भ्वाइस युनिभर्स हरेक हप्ता बिहीबार र शुक्रबार राति ८ बजेको समाचारपछि नियमितरुपमा प्रसारण हुने छ । यो प्रतिष्पर्धामा भाग लिन विश्वभरबाट छनौट भई नेपाल आइपुगेका प्रतिभाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा निमन्त्रणा गरी शुभकामना दिँदै नेपाली संस्कृतिको दूतका रुपमा काम गर्न आग्रह गर्नुभएको छ ।

संसारभरका नेपाली मूलका नेपालीहरुलाई नेपाली संस्कृतिको माध्यमबाट नेपालसंग जोड्ने अभियानका रुपमा इन्ट्रा फाउण्डेसनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरुको आयोजना गर्दै आएको छ ।

मेरो भ्वाइस युनिभर्सको निर्देशकका विशाल अर्याल र विशाल भण्डारी हुनुहुन्छ भने निर्णायकहरुमा बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, गायिका अन्जु पन्त, गायिका लावनी चक्रवर्ती प्रसाईं र गायक एवं संगीतकार कर्मा ग्लाल्जेन हुनुहुन्छ । यो शोमा प्रस्तोताका रुपमा रिमा विश्वकर्मा र राजा राजेन्द्र पोखरेल हुनुहुन्छ । रासस