२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

मनमोहन स्मृति क्रिकेट :  पुलिस क्लब फाइनलमा

मनमोहन स्मृति क्रिकेट :  पुलिस क्लब फाइनलमा
अ अ+ अ-

मोरङ। नेपाल पुलिस क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा समूह ‘बी’ मा रहेको पुलिस क्लबले आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरी फाइनलमा स्थान बनाएको हो । यस अघि समूह ‘ए’ बाट विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव दुई बलमा सबै विकेट गुमाएर एक सय ५४  रन बनायो । आसामका लागि राज विश्वासले ३३ रन, अरुण सोनारले ३१, केभिन सञ्जिव क्रिस्टोफरले २३, हियेन कश्यपले १९ र कप्तान गोकुल शर्माले १० रन बनाए ।

बलिङतर्फ पुलिस क्लबका श्रवण यादव र अरुण ऐरीले तीन÷तीन विकेट लिए ।  एक सय ५५ रनको लक्ष्य पुलिस क्लबले २६ दशमलव एक बलमा चार विकेटको क्षतिमा प्राप्त गर्यो । पुलिसका लागि ‘प्लेयर अफ दी म्याच’ कप्तान अमित श्रेष्ठले ७२ बलमा तीन छक्का र पाँच चौकामो मद्दतमा अविजित ७१ रन योगदान दिए ।

यस्तै शङ्कर रानाले ६७ बलमा चार छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रन बनाए । बलिङतर्फ आसामका कप्तान गोकुल शर्माले तीन विकेट लिए । फाइनल खेल आर्मी र पुलिस क्लबबीच शनिबार हुनेछ । रासस