३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना र इन्टरले बराबरी खेले



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेलमा स्पेनी क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलानले बराबरी खेलेका छन् ।

गएराति भएको पहिलो लेगको खेलमा दुबै टोलिले ३-३ गोलको बराबरी खेलेका हुन् ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलको पहिलो मिनेटमा नै इन्टरले अग्रता लिएको थियो । मार्कुस थुरामले गोल गर्दै पाहुना टोलिलाई अग्रता दिलाएका हुन् ।

डेन्जेल डुम्फ्रीजले २१ औं मिनेटमा गोल थप्दै इन्टरको अग्रता दोब्बर पारे । २४ औं मिनेटमा लामिने यामलले गोल गर्दै बार्सिलोनालाई १-२ मा ल्याए ।

यता ३८ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याए । ६३ औं मिनेटमा डुम्फ्रीजले व्यक्तिगत दोस्रो तथा टोलिको लागि तेस्रो गोल गर्दै इन्टरलाई ३-१ ले अघि बढाए ।

६५ औं मिनेटमा बार्सिलोना ३-३ को बराबरी आयो । इन्टरका गोलकिपर यान सोमरले आत्मघाती गोल गर्न पुगे ।

बार्सिलोनाका कप्तान राफिन्हाले प्रहार गरेको बल पोस्ट बारमा लागेर फर्किँदा गोलकिपर सोमरलाई लागेर गोलमा परिणत भयो ।

बराबरीसँगै अब अर्को हप्ता इन्टरको घरेलु मैदानमा दोस्रो लेग खेल निर्णायक खेल हुनेछ ।