२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

‘फोटो किताब’ प्रकाशन उदाहरणीय काम : सभाध्यक्ष दाहाल

‘फोटो किताब’ प्रकाशन उदाहरणीय काम : सभाध्यक्ष दाहाल
रासस फोटो किताब ग्रहण गर्नुहुँदै अध्यक्ष दाहाल काठमाडौँ, १७ वैशाख : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई बुधबार सङ्घीय संसद सचिवालयमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ हस्तान्तरण गर्नुहुँदै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा । तस्बिर : रासस
अ अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस)ले ‘फोटो किताब’ प्रकाशन गरी उदाहरणीय काम गरेको बताउनुभएको छ ।

राससद्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै सभाध्यक्ष दाहालले नेपाली पत्रकारितामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राससले समाचारका अतिरिक्त ‘फोटो किताब’समेत प्रकाशन गरी गणतन्त्रको संरक्षण र सुदृढीकरणका पक्षमा काम गरेको बताउनुभयो ।

समाचार’का नाममा अफवाह फैलाइ आमजनतालाई दिग्भ्रमित बनाउन र विद्यमान शासन व्यवस्थाप्रति वितृष्णा जगाउन गणतन्त्रविरोधी पक्षधर सक्रिय भइरहेको अवस्थामा राससको भूमिका अझ बढेको उहाँको भनाइ छ । उहाँले मुलुकको आमसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको राससलाई राज्यका तर्फबाट आवश्यक सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

सभाध्यक्ष दाहालले भन्नुभयो, “मेरो हरेक दिन बिहान समाचार सुन्ने बानी छ, राससको समाचार भनेपछि ढुक्कका साथ विश्वास गरिन्छ । देश, जनता र सङ्घीय गणतान्त्रिक शासन व्यवस्थाका पक्षमा समाचार सामग्री सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउने काममा अझ सक्रिय हुनुहोस् । सङ्घीय संसद् सचिवालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका उपलक्ष्यमा मुलुकको ‘कला–संस्कृति’ र ‘विकास तथा पूर्वाधार’ शीर्षकमा यसअघि राससमा प्रदर्शित तस्बिरहरू समेटेर प्रकाशन गरिएको फोटो किताब स्वदेश तथा विदेशमासमेत माग भइरहेकाले पुनः प्रकाशन गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

कार्यकारी अध्यक्ष झाले गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिलाई समेटेर पुस्तक प्रकाशित गरेको उल्लेख गर्दैै पछिल्ला दिनमा देशमा केही भएको छैन भन्नेहरूका लागि रासस फोटो किताब गतिलो जवाफ भएको बताउनुभयो ।

उक्त किताबमा जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधि समेटेर ९० फोटोपत्रकारले खिचेका १८२ तस्बिर समावेश छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक एवं समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रधान सम्पादक उत्तम सिल्वाल, आलेख तथा लेखरचना प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो र प्रमुख लेखा अधिकृत रुद्रमणि अधिकारीको उपस्थिति थियो ।

यसअघि रासस ‘तस्बिर पुस्तक’ सभामुख देवराज घिमिरेलाई सिंहदरबारस्थित उहाकै कार्यकक्षमा आज हस्तान्तरण गरिएको थियो । रासस